१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल आइडल बनेका रवि बिवादमा, अपमान गर्न खोजेको होइन

नेपाल आइडल बनेका रवि बिवादमा, अपमान गर्न खोजेको होइन
अ अ+ अ-

काठमाडौँ । बहुचर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ गाउँदा विवादित बनेका नेपाल आइडलका विजेता रवि ओडले अग्रज कलाकारलाई अवमूल्यन गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएका छन्।

अष्ट्रेलिया यात्रामा रहेका रविले एक सांगीतिक कार्यक्रममा ‘सालको पात‘’ बोलको गीतलाई पर्याप्त तयारी बिना नै गाएपछि उनी विवादमा तानिएका थिए।

सोमबार दिउँसो सामाजिक सञ्जालमा फेसबुक मार्फत रविले अग्रज कलाकारलाई अवमूल्यन गर्ने कुनै मनसाय नरहेको उल्लेख गरेका हुन्।
उनले फेसबुकमा लेख्दै नेका छन्, म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन

तर सालको पात गीतका संगीतकार बसन्त थापाले नै नेपाल आइडल बनेका रविले शब्द बिगारेर गीत गाएको कुरामा विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेपछि यो विषय थप विवादमा तानिएको थियो।

अहिले रवि र बसन्त दुवै जनाको पक्ष विपक्षमा टिप्पणीहरु भइरहेका छन्।

रविले आफू संगीत सिक्ने क्रममा रहेको भन्दै अग्रज कलाकारहरुबाट थप हौसला पाउने आशा आफूले लिएको बताएका छन्। उनले दर्शकको माग अनुसार सालको पात गाउँदा आफूले तयारी नगरेकाले गल्ती भए माफी दिनुहोला भनेर मात्रै गीत गाउन सुरु गरेको दाबी गरेका छन्।

यस्तो छ रविको ओडको फेसबुक स्टाटस

नमस्ते सबै महानुभावहरुमा !!!

म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !

दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले/हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !

अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाऒस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद !

– रवि ओड