१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मन्त्री नै सेवाग्राही बनेर कार्यालयमा पुगेपछि…..

मन्त्री नै सेवाग्राही बनेर कार्यालयमा पुगेपछि…..
अ अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन् । सोमबार बिहान साढे १० बजे चाबहिल मालपोलमा पुगेकी मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरुको अनुुगमन गरेको थियो ।

मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुुगमनमा गएकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहबारे जानकारी समेत लिएकी थिइन् ।

त्यसक्रममा कार्यालयमा मन्त्री अर्याल अनुुगमनमा आएको खबर पाएपछि लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको गुनासा राखेका थिए ।

मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको फाराम सेवाग्राही आफैँले भर्नसक्ने भएका कारण आफ्नो व्यवसाय समस्यामा परेको लेखापढी व्यवसायीले गुनासो गरे । अनुुगमनका क्रममा कर्मचारीले अनलाइन प्रणालीले काम गर्न सहज भएपनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या भएको बताएका थिए ।

कर्मचारीहरुले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ति एकचोटी लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए । अनुुगमनपछि मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने मन्त्रालयको मूल लक्ष्य भएको भन्दै त्यसका निम्ति विभिन्न कार्यालयको निरन्तर अनुुगमन गर्नेक्रम थालिएको बताइन् ।

व्यवहारमा देखिएका समस्याका कुरा स्कुलिङबाट सुधार गर्ने र सेवासँग जोडिएका संरचनागत कुरालाई संरचना सुधारका अभियान सञ्चालन गरिने मन्त्री अर्यालले बताइन् । नुुगमनको क्रममा कामको प्रकृतिअनुसार कार्यालय उपयुुक्त नभएकाले कार्यालय अर्को ठाउँमा सार्ने विकल्प खोज्न मन्त्री अर्यालले कार्यालय प्रमुखलाई निर्देशन दिएकी छन् ।

अहिले उठेको सुशासनमाथिको प्रश्नको कुरालाई निरुपण गर्न सेवामा प्रविधिको प्रयोग लगाउन खोजेका उनको भनाइ थियो । ‘कार्यालयमा देखिएका कमिकमजोरी के छन, मन्त्रालयका तर्फबाट सुधार गर्नुपर्ने विषयहरु के छन् र कर्मचारी र सेवाग्राहीहरुबीचको सम्बन्ध कस्तो छ भनेर व्यवहारका विषयहरु समेत अध्ययन गर्ने कार्यको थालनी गरेका छौँ, उनले भनिन् ।

भविष्यमा मन्त्रालय अन्तर्गतका सम्पूूर्ण सेवा पेपरलेश हुनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्रालयले कार्य अगाडी बढाएको मन्त्री अर्यालले बताइन् । मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताएका थिए ।

उनले नयाँ बन्दै गरेको कार्यालयको भवन निर्माण सम्पन्न हुन नसकेको गुनासो गरेका थिए । मन्त्रालयका सचिव गोपिनाथ मैनालीले कार्यालय अनुुगमनका क्रममा केही कर्मचारी अनुुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए । समाचार अन्नपूर्ण पोष्टमा छ ।