१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हुन्डी कारोबार गर्नेलाई जनही १२ अर्ब ४८ करोड जरिवाना

हुन्डी कारोबार गर्नेलाई जनही १२ अर्ब ४८ करोड जरिवाना
अ अ+ अ-

काठमाडौं । अवैध रूपमा ठूलो परिमाणमा अन्तरदेशीय हुन्डी कारोबार गरेको अभियोगमा आठजनालाई मुद्दा चलाइएको छ। राजश्व अनुसन्धान विभागले सर्वाधिक बिगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमा तीन भारतीय नागरिक छन्।

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’को माध्यमबाट चार अर्ब १६ करोड ३३ लाख ३१ हजार नौ सय दश रूपैयाँ ७५ पैसा बराबरको अन्तरदेशीय हुन्डी कारोबार गरेको दाबी विभागको छ। विभागले सात जनालाई तीन वर्ष कैद र जनही १२ अर्ब ४८ करोड, ९९ लाख ९५ हजार सात सय ३२ रूपैयाँ ७५ पैसा जरिबाना गर्नसमेत माग गरेको छ।

एकजना १५ वर्षका बालक रहेकाले वयस्कलाई हुने सजायको आधा सजाय तोक्न माग गरिएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले हुन्डीमा ‘रेकर्ड ब्रेक’ भएको बताए। अभियुक्तमध्ये ६ जना पक्राउ परेका छन्। विभागको निर्णयअनुरूप राजश्व अनुसन्धान कार्यालय पथलैयाले मुद्दा दायर गरेको हो।

हुन्डी कारोबारमा संलग्नताको अभियोगमा जनकपुर उपमहानगर९११ का रामेश्वर पुर्वे, मिनादेवी साह, विजय यादव, उपमहानगरकै वडा नम्बर ७ का मोख्तार अममद, सन्तोष महतो, भारत विहार मधुवनी बासोपट्टीका नरेश महतो, सुरज ठाकुर र भारत पूर्वी चम्पारण मधुवनीका पप्पुकुमार दासविरूद्ध अवैध हुन्डी कारोबारको अभियोग लगाइएको छ।

प्रतिवादीमध्ये पुर्वे र साह फरार छन् भने पप्पुकुमार १५ बर्से बालक भएका कारण पक्राउपछि छाडिएको छ। अभियुक्तहरू यादव, अममद, ठकुर र महतोद्वयलाई अभियोगपत्रसँगै अदालतमा पेश गरिएको महानिर्देशक मैनालीले बताए। ‘अभियुक्तहरूले दुवैतिर कमिसन लिएर अवैध कारोबार गरेको देखिएको छ।

अवैध कारोबारबाट एकातर्फ विदेशी मुद्रा आउन रोकियो। अर्कातिर न्यून विजकीकरण भएर व्यापारिक सामानहरू आउने भयो,’ मैनालीले अन्नपूर्णसँग भने, ‘यसरी ३० प्रतिशत मात्र मान्दा पनि औसत सवा अर्ब राजश्व घाटा बेहोर्नुपर्ने हुन्छ। आयकर र भन्सार डिक्लियर नहुने कारणले बजारमा पनि कुनै रेकर्ड नहुने अवस्था रहन्छ।’

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन्सन’ प्रविधिको माध्यमबाट परस्पर हुन्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयोग गरी गुटमेलका कारोबारीसँग आदानप्रदान गरिएको अभियोगपत्रमा उल्लेख छ। अनुसन्धानकाक्रममा विदेशी मुद्रा र नेपाली रुपैयाँ हुन्डीको माध्यमबाट अवैध अन्तरदेशीय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ।

अनुसन्धानबाट जफत गरिएका भौचर र बहिखाताबाट चार अर्ब, १५ करोड ४९ लाख, ५२ हजार दुई सय ५१ रुपैयाँ कारोबार भएको फेला परेको छ। यस्तै साहको जनकपुर९११ स्थित घरबाट ८३ लाख ६९ हजार दुई सय ५० नेपाली रूपैयाँ र ६ हजार पाँच सय भारतीय रूपैयाँ भेटिएको छ।

प्रतिवादीहरूले गरेको उक्त कार्य विदेशी विनिमय ऐन, २०१९ को दफा ३ ९१०, ४ ९१० र ४ ९२० तथा दफा ९ ९ग० को उपदफा क, ख र ग विपरीत कसुर अपराध गरेको दाबी गरिएको छ। ती दफाहरूमा अवैध हुन्डी कारोबारको परिभाषा र अपराधको वर्गीकरण गरिएको छ। उनीहरूलाई सोही ऐनको दफा १७ ९१० अनुरूप जरिवाना गर्नसमेत माग छ। उक्त दफामा यस्तो अपराधमा बिगोको तेब्बर जरिवानाको व्यवस्था छ। ऐनअनुसार कसुरको बिगो एक करोड रूपैयाँभन्दा बढी भएको अवस्थामा अदालतले थप सजायसमेत तोक्न सक्ने व्यवस्था छ।

गत पुस २२ गते गोप्य सूचनाका आधारमा छापा मारी जनकपुरधाम९११ किसोरीनगरबाट हुन्डी कारोबारीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूले स्थानीय रामेश्वर साहको घरबाट कारोबार गरिरहेको धनुषा प्रहरीले जनाएको छ। भारतीय रूपैंयासहित विभिन्न बैंकका ३१ थान चेकबुकहरू, एटीएम कार्ड र अन्य कागजात बरामद गरेको थियो।

यो समूहले तेस्रो मुलुकहरू अस्ट्रेलिया, चीन, मलेसिया र खाडी देशमा हुन्डीमार्फत रकम लिने दिने गर्दै आएको प्रहरी अनुसन्धानमा फेला परेको छ। बैकिङ च्यानल प्रयोग नगरी ‘एजेन्ट’मार्फत सोझै रकमको कारोबार हुन्डीमा गर्ने गरिन्छ। समाचार अन्नपूर्णपोष्टमा छ ।