काठमाडौं । बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा पुल सञ्चालनको जिम्मा चारवटा जीवन बिमा कम्पनीलाई दिएको छ ।
समितिले नेसनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायबल इन्स्योरेन्स कम्पनीलाई पुल सञ्चालनको जिम्मेवारी दिएको हो ।
जिम्मेवारी पाएका चार कम्पनीमध्ये एउटा बिमकको प्रतिनिधिलाई फोकल व्यक्तिको रूपमा छनोट गरिने बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बिमकहरूबाट छनोट गरिने फोकल व्यक्तिले नै पुलको व्यवस्थापन गर्नेछ । पुलको सञ्चालन गर्न एक वर्षपछि अन्य बिमकको छनोट गरिनेछ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।