२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज चढेको नक्कली टिकटले टेलिकमका हाकिम विशेष अदालतमा



अ+ अ-

काठमाडौँ । भ्रमणका क्रममा बिल मिलाउन हवाई जहाज चढेको नक्कली टिकट बनाउँदा नेपाल टेलिकमका कर्मचारीहरु फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत कर्मचारीहरु विरुद्ध हवाई जहाजको नक्कली टिकट बनाएको अभियोगमा मुद्दा चलाएको हो । अन्नपुर्णपोष्टमा खबर छ ।

दूरसञ्चार कार्यालय घोराहीका तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत बिकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहविरुद्ध हवाईजहाजको नक्कली टिकट प्रकरणमा मुद्दा दायर गरिएको हो ।

हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी नक्कली टिकट बनाई कार्यालयमा पेश गरेर रकम भुक्तानी लिएको अभियोगमा अख्तियारले मुद्दा अघि बढाएको हो ।

नक्कली टिकट कार्यालयमा पेश गरेर नेपाल दूरसञ्चार कम्पनीलाई हानीनोक्सानी पुर्‍याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

कम्पनीको ऐन नियम विपरित दैनिक भ्रमण भत्ताको दाबी गरी रकमसमेत भुक्तानी लिने तीनैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको द‌ंगालले जानकारी दिए ।