२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा राष्ट्रपति विद्यादेवी भण्डारी



अ+ अ-

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी देवघाटमा सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताएकी छिन् ।

मंगलबार देखी सुरु देवघाटमा भएको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने बेला भएकोले देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको प्रशंसा गरिन् ।

महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो ।