३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा राष्ट्रपति विद्यादेवी भण्डारी



अ+ अ-

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी देवघाटमा सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताएकी छिन् ।

मंगलबार देखी सुरु देवघाटमा भएको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने बेला भएकोले देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको प्रशंसा गरिन् ।

महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो ।