३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्होछारमा रम्दै तामाङ समुदाय



अ+ अ-
फाईल फोटो

हेटौँडा । तामाङ जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाइएको छ । जिल्लाका प्रायः सबै गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् भने प्रदेश नं ३ सरकारले पनि प्रदेशमा बिदाको घोषणा गरेको छ ।

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउनुहुन्छ ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवान्को प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

ल्होछारको अवसरमा आज हेटौँडाको टिसिएन चौरमा महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा विभिन्न झाँकीसहित तामाङ जातिका परिकारहरु राखिएका छन् भने कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।

यसैबीच ल्होछारको अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ल्होछारको अवसरमा शुभकामना सन्देशमार्फत संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली तथा प्रदेशका जनताको सुख शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।