२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्होछारमा रम्दै तामाङ समुदाय



अ+ अ-
फाईल फोटो

हेटौँडा । तामाङ जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाइएको छ । जिल्लाका प्रायः सबै गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् भने प्रदेश नं ३ सरकारले पनि प्रदेशमा बिदाको घोषणा गरेको छ ।

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउनुहुन्छ ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवान्को प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

ल्होछारको अवसरमा आज हेटौँडाको टिसिएन चौरमा महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा विभिन्न झाँकीसहित तामाङ जातिका परिकारहरु राखिएका छन् भने कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।

यसैबीच ल्होछारको अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ल्होछारको अवसरमा शुभकामना सन्देशमार्फत संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली तथा प्रदेशका जनताको सुख शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।