१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

डाक्टरहरुले स्वदेशी औषधी सिफारिस नगर्नुको रहस्य यस्तो

डाक्टरहरुले स्वदेशी औषधी सिफारिस नगर्नुको रहस्य यस्तो
अ अ+ अ-

काठमाडौं । धेरै प्रकारका औषधिमा नेपाल आत्मनिर्भर हुने प्रशस्त सम्भावना हुँदाहुँदै बाह्य देशबाट औषधि आउने क्रम अत्यधिक रूपमा बढिरहेको छ । सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको दाबी गरे पनि बाहिरबाट औषधि आउने क्रम झनै बढ्न पुगेको छ ।

यो तथ्यले सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथमिकतामा राख्दै आएको दाबीलाई झुटो साबित गरिदिएको छ । यदि सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथमिकतामा राख्नुका साथै बजार व्यवस्थापनमा पनि उचित ध्यान पु¥याउन सकेको भए बाहिरबाट औषधि आउने क्रममा निकै कमी आउन सक्थ्यो तर
त्यस्तो देखिएन ।

अहिले औषधि खरिदमा नै दैनिक ७ करोड रुपैयाँ विदेसिने गरेको छ । औषधिमा मात्रै वार्षिक २५ अर्ब रुपैयाँ बाहिर जाने गरेको दुखदायी तथ्यांक सार्वजनिक भएको छ । नेपालमा औषधि उत्पादनमा आत्मनिर्भर हुने प्रशस्त सम्भावना हुँदाहुँदै बाह्य औषधिमा भर पर्नुपर्ने अवस्था आउनु दुखद मात्रै होइन घोर विडम्बना हो ।
नेपाली औषधि उत्पादकले ५१ थरिका औषधिमा आत्मनिर्भर भएको भन्दै बाह्य औषधि आयत नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आइरहेका छन् । तर, उत्पादकको आग्रहलाई सरकारी पक्षले बेवास्ता गर्दै आइरहेको छ । हाम्रा सरकारी निकायलाई आफ्नै स्वेदशी उत्पादनको माया लाग्नुपर्ने हो तर स्वदेशी उत्पादनलाई प्रश्रय दिने गरी सरकारी योजना र कार्यक्रम ल्याउन सकिएको छैन । भएका औषधि उत्पादन कम्पनीलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्न सकेको छैन । औषधि कम्पनी लिमिटेड पनि सरकारी बेवास्ताको सिकार भइरहेको छ ।

नेपाल हरेक सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर देश हो । तर, यहाँका शासन सञ्चालन गर्ने शासकको अदूरदर्शी सोचका कारण यहाँका प्राकृतिक सम्पदा तथा बहुमूल्य जडीबुटीहरूको समेत सही उपयोग र पहिचान हुन सकेको छैन । यसैका कारण पनि हामी स्वावलम्बी बन्न सकेका छैनौं । आफ्नै मुलुकमा भएका स्रोतसाधनको भरमग्दुर उपयोग गर्न सकिएमा हामी धेरै क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने पक्का छ । त्यसैले अब सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनका लागि सोहीअनुसारका नयाँ नीति योजना र कार्यक्रम ल्याउन ढिलाइ गर्नुहँुदैन ।

हाम्रै पहाड र हिमालमा रहेका बहुमूल्य जडीबुटीको उपयोग गरी औषधि बनाउन सक्ने हो भने त्यस्ता औषधिले ठूलाठूला रोगहरूको पनि सहज उपचार गर्न सक्ने निश्चित छ । त्यसैले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै स्वदेशमा उत्पादन भएका औषधिलाई नै प्रोत्साहन गर्ने र बाह्य औषधि आउने वातावरणलाई निरुत्साहन गर्न जरुरी छ । राजधानी दैनिकमा समाचार छ ।