२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथका चारै ढोका खुल्ने



अ+ अ-

काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथको चारै ढोका चारै प्रहर खुला गर्ने निर्णय गरिको छ ।

नित्य दर्शनार्थीका लागि विहान ३ बजे नै मन्दिर प्रवेश पाउने व्यवस्था गरिने छ भने अन्य भक्तजनका लागि छुट्टै मन्दिर प्रवेश पासको व्यवस्था नगर्ने निर्णय पनि गरिएको छ । सञ्चारकर्मीले आफ्नै संस्थाको परिचयपत्रबाट पशुपति क्षेत्र प्रवेश गर्न सक्नेछन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार कोषले डा मिलनकुमार थापा, भगवतीप्रसाद देव, राजुकुमार खत्री, भरत मरासिनी, राजुकुमार रेग्मी, भोला सिटौला र प्रेमहरि ढुंगानाको संयोजकत्वमा विभिन्न सेवाप्रदायक समिति गठन गरेको छ ।
पर्वका लागि झण्डै तीन करोड रुपियाँको हाराहारीमा सौन्दर्य, खानाखाजा खर्च, आवास भोजन, साधुसन्तको स्वागत तथा विदाइ, भक्तिसङ्गीत प्रस्तुति लगायतका लागि खर्च विनियोजन गरिएको छ । उपनिर्देशक ढुङ्गानाका अनुसार सुरक्षा व्यवस्थाका लागि सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।