३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह गर्नेलाई एक वर्ष कैद



अ+ अ-

सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ ।

जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती सञ्जुदेवीले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका साथ पीडितले विवाह दर्ता, छोराको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कङ्कालिनी भगवती मन्दिरको रसिद पेश गरेकी थिइन् ।

पीडितले नाबालक छोराको हकमा संरक्षक भई आफ्नो हकमा समेत माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक रु तीन हजार भराई पाउने गरी जिल्ला अदालतले फैसला गरेको छ । सामाजिक परम्पराअनुसार सात वर्षअघि विवाह गरेकी सञ्जुदेवीका पाँच र तीन वर्षका दुई छोरा छन् ।