६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?



अ+ अ-

डोटी । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।

तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।

शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् उनले । उनी त्यतिबेला आत्तिन्छन् जब बुबालाई चितामा सजाएर “आगो लगाउ” भन्दै उनको हातमा राँको दिइयो । त्यतिबेला उनले मार्मिक प्रश्न गरे “मेरो बाबालाई किन आगो लगाउने ?” उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् ।

परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गर्दा अनिश बुबाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउँन थाले । उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइ रहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन् ।

उनका बुबा ८ महीना अघिदेखि क्यान्सरको रोगबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको आठ महीना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । तेजले सोही अनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो ।

उपचारका लागि तेजले भारतको चेन्नई ब्याङ्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो । गरीबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयवासीले समयमै उपचार नपाउँदा क्यान्सर जस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउन थालेका छन् ।