३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्बन्ध विच्छेदमा पुुुुरुषको मुद्दा



अ+ अ-

हेटौँडा । चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।

चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।

यसअघि गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेको थिएन । यससम्बन्धी जारी नयाँ देवानी संहिताले पुरुषले पनि आफ्नो अधिकारका लागि सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदका लागि पुरुषले मुद्दा दायर गरेको हो ।

महिलाले दायर गरेको मुद्दामध्ये पाँच प्रतिशतभन्दा बढी फैसला भइसकेको छ भने पुरुषले दायर गरेकामध्ये सात मुद्दा फैसला भएको छ । अदालतका स्रेस्तेदार केशवराज कौषिकका अनुसार पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसलामा समय लाग्ने बताइएको छ ।

नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा दुवैका लागि सम्बन्ध व्यवस्था छ । गत आर्थिक वर्षमा सो अदालतमा परेका चार सय उजुरीमध्ये २०० फैसला भइसकेको अदालतले जनाएको छ ।