१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रुकुम पूर्व तनाबग्रस्त, हेलिकप्टरबाट ल्याइयो सुरक्षाकर्मी

रुकुम पूर्व तनाबग्रस्त, हेलिकप्टरबाट ल्याइयो सुरक्षाकर्मी
अ अ+ अ-

काठमाडौं । रुकुम (पूर्वं) तनावग्रस्त बन्दै गएको छ। जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा भइरहेको आन्दोलन चर्कदै गएपछि यहाँ तनाव बढ्दै गएको हो। जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा की पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा कुन ठाउँमा सदरमुकाम राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।

आ–आफ्नो ठाउँमा सदरमुकाम माग गर्दै आएका स्थानीयले आन्दोलन गर्दै आएका छन्। गोल्खाडावासीले सरकारले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै गरिरहेको आन्दोलन कडा हुँदै गएपछि जिल्लाको सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ। जिल्लामा कुनै पनि अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरेको छ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते गोल्खाडामा जिल्ला सदरमुकामको केन्द्र राख्ने निर्णय गरेको थियो। उक्त निर्णय तत्काल कार्यान्यन हुनुपर्ने माग गर्दे गोल्खाडावासीले बुधबार जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन्। तर, जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा भने गत आइतबारदेखि घोषणा भएको निषेधाज्ञा जारी रहेको छ।

यहाँको पूर्वी क्षेत्रका स्थानीयहरू सबै रुकुमकोटमा सहभागि भएर ज्ञापन पत्र बुझाउँने रुकुम पूर्वको स्थायी सदरमुकाम सरोकार समितिका ध्रुव पुनले बताए। आफुहरूले गोल्खाडाबाटै ज्ञापन पत्र बुझाउने भनेपनि प्रमुख जिल्ला अधिकारी त्यहाँ सहभागी नभएका कारण शान्तिपूर्ण तरिकाले जिल्ला प्रशासन कार्यालयमा जान लागेको उनले बताए। आफुहरू शान्तिपूर्ण ढंगबाट मागपत्र र स्थानीयको हस्ताक्षर बुझाउने कार्यक्रम रहेकाले निषेधाज्ञा हटाउनुपर्ने यहाँका स्थानीयको माग छ।

ज्ञापन पत्र र हस्ताक्षर बुझाउनको लागि पूर्वी क्षेत्रबाट करिब ६ हजार स्थानीहरू रुकुमकोटतर्फ आइरहेका छन्। उक्त भिडलाई निषेधित क्षेत्र प्रवेश गर्न नदिनको लागि ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालयन गरिएको छ। जिल्लामा सुरक्षा व्यवस्थालाई थप कडा बनाउनको लागि प्रदेश प्रहरी कार्यालय बुटवलबाट नेपाली सेनाको हेलिकप्टर थप सुरक्षाकर्मी पनि रुकुमकोटमा ल्याइएको छ।

रुकुमकोटवासीले गरिरहेको आन्दोलन भने निषेधाज्ञाका कारण रोकिएको छ। मंगलबार गोल्खाडामा दशक्ती प्रदर्शन गरेको स्थानीयहरू बुधबार जिल्ला प्रशासन कार्यालय रहेको रुकुमकोटमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।

ज्ञापन पत्र बुझाउनको लागि पुथा उत्तरगंगा गाउँपालिकाका सबै १४ वटा वडा तथा भुमे गाउँपालिकाबाट १, २ र ३ नम्बर वडाका स्थानीयहरु सहभागी रहेको रुकुम पूर्वको स्थायी सदरमुकाम सरोकार समितिका संयोजक केशरमान रोकाले जानकारी दिए। यहाँका महिला, बालबालिकादेखी युवाहरू प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन शान्तिपूर्ण तरिकाले रुकुमकोट जाने उनले बताए।

सदरमुकामको विवादको विषय एक वर्षदेखी सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको छ। १६ पटक सम्म पेशी सार्दै आएको सर्वोच्चले यहि २७ गते छलफलमा दुवै पक्षलाई बोलाएको छ। नागरिक दैनिकमा समाचार छ ।