१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक गाग्री पानी लिन एक घण्टा हिँड्नुपर्ने



अ+ अ-

सल्यान । सल्यानको बागचौर नगरपालिका, ११ बाफुखोलाको एक गाउँमा स्थानीयलाई पानी ल्याउन एक घण्टा लाग्ने गरको छ । बाफुखोलाको बुढा गाउँमा अहिलेसम्म खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने बााध्यता अझै नहटेको स्थानीबासीले गुनासो गरेका छन् ।

बागचौर नगरपालिका, ११ अवस्थित पातिहाल्न बजारदेखि नजिकैको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा लाग्ने स्थानीय वसन्त बुढाले जानकारी दिए । उनले भने, ‘मैले थाहा पाएदेखि एक गाग्री पानी ल्याउनका लागि आउँदा र जाँदा मात्रै एक घण्टा समय लाग्छ, यसले गर्दा घरमा एक जनालाई त पानी ल्याननमै पूरै दिन बित्छ ।’

खानेपानी अभावकै कारण आफ्ना छोराछोरीको पढाईसमेत प्रभावित बनेको भन्दै स्थानीय ५८ वर्षीय वीरबहादुर बुढाले भने, ‘म बुढोले मेरा नानीबाबुलाई खानेपानी ल्याउ भनुँ कि पढ भनुँ रु हाम्रो यस्तो पीडा कसले बझ्छ रु स्थानीयका अनुसार १२ घरधुरी बसोबास रहेको बुढागाउँको खानेपानीको यो समस्या अहिले नभएर पहिलेदेखिकै हो । नेपाल समाचारपत्रमा समाचार छ।