२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू ! दुई वर्ष बित्यो कहिले हुन्छ माग पुरा ?



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका बनाउने भनिएको राष्ट्रिय प्राणी उद्यान कार्य करिब ४ वर्ष पूरा हुन लाग्दासम्म बन्न सकेको छैन । प्राविधिकरुपमा समस्या नभए पनि सरकारी निकायमा फाइल रोकिँदा उक्त काममा ढिलाइ भएको बताइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कार्यकालमा २०७१ माघ १० गते मन्त्रिपरिषद्बाट उद्यान बनाउने निर्णय भएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते त्यसको शिलान्या गर्दै २ वर्षभित्र वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।