११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

सीप सिके गुजारा चल्छ

सीप सिके गुजारा चल्छ
अ अ+ अ-

सुरेश राज शर्मा

काठमाडौँ — गरिबलाई परिवार पाल्न झन्–झन् कठिन हुँदै गएको छ । बन्द, हडताल, चक्काजाम र अनावश्यक बिदाले गर्दा दैनिक ज्यालादारी गरी जीविका गर्नुपर्नेहरू झनै कष्टमा छन् । चक्काजाम, बन्द र हडताल गर्नेहरू आफ्नै ढिपी र स्वार्थका लागि लड्दैछन्, गरिबका लागि होइन भन्ने कुरा सबैले देखेभोगेकै हो । 

सीप जानेका व्यक्तिहरूको अभाव जताततै खट्किरहेको छ । खेती गर्ने बेला मान्छे पाइँदैन । बाटो सम्याउने, घर बनाउने, घरमा शौचालय बनाउने, त्यसको मर्मत गर्ने बेला प्लम्बर आदि जनशक्ति पाइँदैन । राम्रो वेल्डिङ गर्ने मान्छे चाहिएको बेला पाइँदैन । सानातिना मेसिन–औजार मर्मत गर्ने बेला सीप भएको मेकानिक्स पाइँदैन । भएकाहरू पनि ज्याला बढी खोज्छन् । कम सीप जानेकाले कसरी ज्याला बढी पाउलान् त ?

मात्र ६ महिनाको सघन सीप सिकेकाले, सीप जानेका प्रशिक्षकले सिकाएकाले, सीप जानेपछि मात्र सीपको प्रमाणपत्र दिन पाउने सिस्टमले मात्र रोजगारीको ढोका खुल्छ । नजान्नेले अथवा सीपको मर्यादा नबुझ्ने र पालना नगर्नेले खोलेको सीप तालिम केन्द्रले बेकाइदा गर्‍यो भने त्यो केन्द्रमात्र होइन, त्यो केन्द्रलाई स्वीकृति दिने पनि दण्डित हुनुपर्छ । बेकाइदा हुन नदिन पहरेदारी गर्नेहरू यसमा सधैं सजग रहन जरुरी छ ।

कुनै कालिगढले आफ्नो काम राम्ररी जानेको छ भने त्यो स्थापित हुन धेरै दिन लाग्दैन । नराम्रो सीप छ भने त्यो थाहा हुन केही घन्टा पनि लाग्दैन ।

आज पोख्त भान्सेको त्यत्तिकै खाँचो छ । पोख्त कम्प्युटर अपरेटरको खाँचो छ । टिकट बेच्ने पोख्त काउन्टर त्यत्तिकै आवश्यक छ । अर्थात् छोटो समयमा सिकेको कालिगढले राम्रो काम गर्छ भनेर जान्ने बित्तिकै उसैसित काम लिन खोज्छन् । उसलाई जहाँ पनि भ्याइ–नभ्याइ हुन्छ । जसले जति धेरै समय काममा बिताउँछ, उसले उति बढी कमाइ गर्छ । यो सबैले देखेकै छन् । तसर्थ आज धेरै तालिम केन्द्रभन्दा राम्रा तालिम केन्द्र चाहिएका छन् । राम्रा प्रशिक्षक चाहिएका छन् । यस कुरामा मात्र चनाखो भए पुग्छ ।

हिजोआज मानिसले तरकारी बढी खान थालेका छन् । तरकारी महँगो पनि हुँदैछ । बढी विषादीयुक्त औषधि छर्ने, बढी रासायनिक मल प्रयोग गर्ने चलन छ । अर्गानिक मल प्रयोग गरेको तरकारी उत्पादन गर्न सकियो भने चाँडै आम्दानी बढ्छ । ग्राहकलाई ठग्ने होइन, उसलाई खुसी पार्ने नियत चाहिन्छ । त्यो सम्भव छ र त्यही गर्नुपर्छ । अहिले खसी–बाख्रामात्र पाल्नेले सजिलै गुजारा गर्न सक्छ । त्यो काम धेरै गाह्रो पनि छैन । आफैले उत्पादन गरेको वस्तु चाँडै बिक्छ ।

हामी काम पाएनौँ भनेर छटपटाउँछौँ । अब सीप सिक्न छटपटाऔँ । सीप सदुपयोग भएकामा रमाउने गरौँ । त्यही दिगो हुन्छ । त्यो पनि समयमै दक्ष कालिगढले बुझ्छ । आफ्नो सीपको दायरा फराकिलो पार्ने प्रयत्न गर्न कोसिस भएपछि मात्र बढी मिहेनतानाको दाबी गर्नु उचित हुन्छ । सीप सिक्न चाहँदा एक वर्ष वा दुई वर्षको अप्रेन्टिसिप (काम गर्दागर्दै सिक्ने) अवसर ठम्याई त्यता लागेर पोख्तहुँदै गइन्छ ।

कोरियाको सफलताकोशिखरमा पुगेका हुन्डाई पहिले घर–घरमा गएर सीपको काम गर्दै क्रमश: सिँढी चढेर कोरियाको शक्तिशाली बिजनेसम्यान हुनपुगेका हुन् । गुजरातका धीरुभाइ अम्बानी पनि त्यही बाटोबाट माथि पुगेका हुन् । माथि–माथिको डिग्री बटुल्नुमात्र माथि पुग्ने बाटो हुँदोरहेनछ भन्ने कुरा असल शिल्पकारले समयमै बुझ्नु जरुरी छ । माथिल्लो तहका मान्छेको पछि लाग्नुमात्रै सफलताको भर्‍याङ होइन ।

फूल रोप्नेहरू, च्याउ रोप्नेहरू र कपाल काट्नेहरूको जताततै माग बढ्दै गएको छ । ब्युटिसियनहरूको माग बढ्दा–बढ्दै निकै महँगा पनि भइसकेका छन् । हाउसकिपिङको पनि त्यत्तिकै माग छ । प्रत्येक गाउँपालिका वा नगरपालिकामा प्राविधिक स्कुल राख्नु जरुरी छ र सरकारले त्यो राख्ने योजना बनाएको पनि छ । त्यहाँ लामो समय लाग्ने सीप सिकाउने मात्र होइन, छोटो अवधिमा पनि राम्रैसँग सिक्न सक्ने थुप्रै तालिम केन्द्र चाहिएका छन् । प्रत्येक सीपको आदर पनि चाहिएको छ । (कान्तिपुर दैनिकबाट साभार)
लेखक काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।