३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन



अ+ अ-


जनकपुरधाम – जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घरनजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो । तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन् ।

गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन् । पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ । फ्याँकिएको प्लास्टिकका बोतल, कुट र फलामका टुक्राहरू बटुल्छिन् । साँझ कबाडमा लगेर बिक्री गर्छिन् । पसलबाट चामल, दाल, तरकारी, नुनतेल लिएर फर्किन्छिन् ।

उनलाई पढ्ने ठूलो धोको छ । तर, गरिबीले उनको स्कुल जाने बाटोमा छेकबार लगाइदिएको छ । उनी भन्छिन्, ‘पढ्न मन कसलाई हुँदैन, कबार बटुलेर कमाई नगरे खान पुग्दैन ।’

शिक्षाको ज्योतिबाट वञ्चित रहकी उनी हुल बाँधेर कवाड बटुल्न रिक्सामा भङ्गा (ठूलो प्लास्टिकको बोरा०)राखेर हिँड्छिन् । मधेसमा गरिबीले रुक्सनाजस्ता हजारौं चेलीबेटीले विद्यालयको मुख देख्न पाएका छैनन् । छोरीहरू चरम विभेदमा छन् । छोरालाई स्कुल पढाइन्छ, छोरीलाई घरको कामकाजमा लगाइन्छ । उनी असंख्य छोरीहरू जनकपुरका होटलमा भाँडा माझ्छिन् । मालिकको घरमा नोकर बस्छिन् । यो समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन् र