११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

अब शिक्षक सेवा आयोगको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

अब शिक्षक सेवा आयोगको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने
अ अ+ अ-

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ। परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो।

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए। आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो। स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।

आयोगलाई टेक्नोललोजीबाट नजिक बनाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ। आयोगले अबदेखि विषयगत रुपमा शिक्षण अनुमतिपत्रको परीक्षा लिने, पाठ्यक्रम सुधार, अन्य विशिष्टीकरण, प्रश्नको स्तरीकरण र अप्टिकल मार्क रिडर मेसिन (ओएआर) मार्फत वस्तुगत उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका योजना अघि बढाएको जनाएको छ। आयोगका अध्यक्ष ताना शर्माले आयोगलाई प्रविधिमैत्री बनाउन अनलाइनमार्फत आवेदन फाराम भर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।

यसले गर्दा उम्मेदवारका लागि बढी खर्चिलो र आवेदन फाराम व्यवस्थापन गर्न समस्या हुँदै आएको छ। अनलाइनबाट आवेदन दिन पाउने व्यवस्था भएपछि उम्मेदवारले घरमै बसेर आवेदन दिन सक्ने शर्माको भनाइ थियो। घरबाट आवेदन फाराम भरे पनि आवेदन दस्तुर बुझाउन तोकिएको बैंकमा जानैपर्ने हुन्छ, अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेपछि परीक्षा समेत थप व्यवस्थित हुन सक्ने उहाँको भनाइ छ।

त्यस्तै आयोगले स्थायी पदका लागि आवेदन दिएको उम्मेदवारको प्रारम्भिक परीक्षा लिने व्यवस्था गर्न लागेको छ। ‘शिक्षक पदका लागि उम्मेदवारहरुको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परीक्षाबाट परीक्षार्थी छनोट गरी परीक्षा लिने व्यवस्था गर्न लागेको हो । प्रमुख प्रशासकीय अधिकृत डा थपलियाले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।