११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

फेरियो प्रचण्डको बोली, तनावमा ओली

फेरियो प्रचण्डको बोली, तनावमा ओली
अ अ+ अ-

काठमाडौैं । सरकारको काम प्रभावकारी नभएको भन्दै सत्तारुढ दलभित्रबाटै विरोध सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालन प्रभावकारी नभएको र पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि चुलिदै गएको छ । पार्टी एकता भएको नौ महिनासम्म प्रधानमन्त्री ओलीलाई साथ दिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीको खुलेरै आलोचना गर्नुभएको छ ।

खासगरी भेनेजुएलाको विज्ञप्ती प्रकरणपछि अध्यक्षद्धय ओली र प्रचण्डबीच तनाब बढ्दै गएको देखिन्छ । प्रधानमन्त्री ओलीले प्रचण्डले विज्ञप्ती निकाल्न हतारो गरेर चिप्लिएको भन्ने अभिव्यक्ति दिए पनि प्रचण्डले त्यसप्रति आफू अडिग रहेको भनाइ दोहो¥याएका छन् । एकतालाई टुंगोमा पु¥याउन गठित कार्यदलले काम गर्न नसकेर अनिर्णयको बन्दी भइरहेको बेला यी दुई अध्यक्षमा देखिएको विवादले एकता झन् जटिल र अन्यौल बन्दै गएको छ ।

दुई अध्यक्ष गम्भीरतापूर्वक लागेको भए एकताको गाँठो छिट्टै फुक्ने थियो, सचिवालयका एक सदस्यले भने,‘उहाँहरुकै स्वार्थका कारण कार्यकर्तामा निराश थपिएको छ ।’ नौ महिनासम्म पार्टीको सांगठानिक संरचनाले पूर्णता नपाउदा एकताले गति पक्रिन सकेको छैन, शीर्ष नेतृत्व नै मिल्नुपर्ने ठाउँमा अनावश्यक विवादमा अल्झिने गलत प्रवित्तिले थप अन्यौलता बढाएको छ, ती केन्द्रीय सदस्यले भने ।

केही समयअघि मात्र ओली सरकारको बचाउ गर्दै आउनुभएका प्रचण्डले नै सरकारको कडा विरोध गर्दै पुनः ठूलो युद्ध हुने चेतावनी दिएपछि नेकपाभित्र तरङ पैदा भएको छ । मिल्दै आएका यी दुईबीच देखिएको विवादले नेकपाभित्रै नयाँ प्रकारको अन्तरविरोध पेदा भएको छ । सचिवालयको बैठकपछि उहाँहरूबीच एकताबारे कुनै छलफल हुनसकेको छैन् ।

सचिवालय बैठकले पनि एकताको विधि तय गर्न सकेको छैन् । सरकार र पार्टी सञ्चालन एकलौटी रुपमा अगाडि बढाएको भन्दै आलोचित बन्दै आउनुभएका ओली थप अल्पमतमा पर्ने देखिएको छ ।

सचिवालयमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताले प्रचण्डलाई साथ दिने हो भने पार्टीमा ओलीलाई निर्णय गराउन निकै कठिनाई हुने सचिवालयका एक सदस्यले बताए । ती सदस्यले भने,‘सरकार र पार्टी सञ्चालन एकै व्यक्तिले गर्दा काम प्रभावकारी हुन सक्दैन, अब एक पद एक व्यक्तिको अवधारणाअनुसार अगाडि बढनुपर्छ ।’ नेपाल समाचार पत्रबाट ।