११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

‘७० गाईमात्र मरेका हुन्, अरू भागेका हुन्’

‘७० गाईमात्र मरेका हुन्, अरू भागेका हुन्’
अ अ+ अ-

कैलाली । घोडाघोडी नगरपालिकाले गत भदौमा जुक्ति निकाल्यो- स्थानीय छाडा चौपायालाई चुरे फेदीमा रहेको राष्ट्रिय वनमा गौशाला बनाई व्यवस्थापन गर्ने। सोहीअनुसार भदौ पहिलो साता नगरपालिका क्षेत्रमा भएका सबै छाडा चौपाया जम्मा पारियो। तर यस्ता पशुचौपाया दुई हजारको हाराहारीमा भएपछि एउटै गौशालामा व्यवस्थापन गर्न गाह्रो देखियो। यसकारण नगरपालिकाले वडा नम्बर ८ लठुवा गाउँको सिस्नेघारी, वडा नम्बर ४ को च्युरेपानी र वडा नम्बर ९ को कालीभावरमा तीनवटा गौशाला निर्माण गर्यो।

गाई हेरचाहका लागि १९ जना हेरालु राखियो– मासिक १२ हजार रुपैयाँ दिनेगरी। सिस्नेघारी गौशालामा एक हजार, च्युरेपानीमा चार सय र कालीभावर गौशालामा ६ सय गाई राखेर हेरचाह गर्न थालियो। तीनवटै गौशालामा हेरालु खटाइयो। सिस्नेघारी गौशालाबाट पहिलो दिन हेरालुले गाई चराउन लगे– एक घण्टा लाग्ने कुन्टीकोथाई जंगलमा। लगिएका हजार गाईमध्ये धेरै भागे। बाँकी रहेका दुई÷अढाई सय गाई जम्मा पारेर हेरालुले त्यही साँझ गौशाला ल्याए। दोस्रो दिन पनि चराउन जंगल लगिएका गाई हराउने क्रम जारी रह्यो। बर्खामा किर्ना र खोरेत रोगले केही गाई मरे, केही बिरामी परे। बिरामी गाईको उपचार गरियो। करिब दुई सय गाईको नियमित हेरचाह हुँदै रह्यो।

छाडा गाई भएकाले जंगलमा ‘कन्ट्रोल’ गर्नै मुस्किल पर्ने गरेको बताउँदै गाई हेरालु भोजबहादुर चौधरीले भने, ‘ठूलो संख्यामा चराउन लगिएका गाई यताउतिबाट भागेर गाउँ फर्कने गरेका छन्।’ गाउँबाट फेरि गौशाला पु(याउन नपाउँदै गाई पुनः हराउने गरेको उनले बताए। ‘केही गाई सुखड बजार वरपर फर्के, केही रामशिखरझातर्फ त केही मोहन्याल गाउँपालिकातर्फ गए,’ चौधरीले सुनाए, ‘समूहबाट भागेका गाईलाई फर्काउनै नसक्दा गौशालामा गाई घटेका हुन्।’ पछिल्लो चिसो मौसममा भने करिब ३० गाई मरेको उनी बताउँछन्। ‘खोरेत र चिसोले कठ्यांग्रिएर करिब ३० गाई मरे,’ उनले भने।

छाडा चौपायाको बानीव्यहोरा बुझ्न नसक्दा धेरै गाई भागेर गएको बताउँछन्, अर्का हेरालु खुसीराम चौधरी। उनी भन्छन्, ‘सबै गाईको आनीबानी बुझ्न नसक्दा केही लुकेर भाग्ने भएकाले घटेको हो।’ किर्ना र खोरेतले केही गाई मरेको बताउँदै उनले भने, ‘बूढाखाडा गाई र बाच्छा किर्ना र खोरेतले मरे।’ एकिन संख्या नभए पनि करिब ३० वटा मरेको उनले बताए।

बर्खायाममा हरियाली रहेको सिस्नेघारी जंगलमा अहिले भने घाँस सकिएको छ। त्यसैले गौशालाका चौपाया घाँस खोज्दै बस्तीतिर झर्न थालेका छन्। यसकारण गौशालामा गाईको संख्या घटेको घोडाघोडी नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर बुढाले बताए। उनले भने, ‘घाँस खोज्दै गाईगोरु बस्तीमा झर्न थालेपछि गौशालामा घटेको हो।’ हेरालुले पनि राम्रोसँग हेरविचार नगरेका कारण गाई पुनः गाउँमै फर्केको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशी बताउँछन्। उनले भने, ‘सिस्नेमा लगिएका गाईमध्ये खोरेत र चिसोले करिब ३० वटा मरेको देखिन्छ भने बाँकी धेरै गाई गौशालाबाट गाउँतर्फ फर्केका थिए।’ जंगलमा अहिले भुइँघाँस नहुँदा गाईलाई आहारा खुवाउन मुस्किल भइरहेको जोशीले बताए। उनले भने, ‘जंगलमा आहारा नपाउँदा पनि धेरै गाई लुकिछिपी पुनः गाउँमै झर्ने गरेका छन्।’ च्युरेपानी र कालीभावरमा गरेर जम्मा ७० गाईमात्र मरेको उनले जानकारी दिए।

यसैगरी घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी पनि तीनवटै गौशालामा गरेर ७० वटा जति मात्र गाई मरेको दाबी गर्छन्। ‘चिसोका कारण, प्लास्टिक खाएर तथा खोरेत लागेर गाई मरेका हुन,’ उनले भने, ‘हल्ला गरेजस्तो यसभन्दा बढी गाई मरेका छैनन्।’ गौशालाबाट चरणमा जंगल लगेका बेला गाईहरू भागेर विभिन्न ठाउँमा गएको उनको भनाइ छ। ‘चरणमा लगेका बेला भागेर गाई आ–आफ्नो ठाउँमा गएका हुन्, अहिले ती सबैलाई मरेको भनेर हल्ला फलाइयो,’ उनले भने। चुरेको फेदीमा रहेका गौशाला टाढा भएको र चरणको पनि समस्या भएकाले गाईहरू त्यहाँ नबसरेर फर्केको उनको भनाइ छ। बाँकी गाईहरू पनि संकटमा भएकाले त्यहाँबाट सारेर सुगममा सामुदायिक वनमा राख्ने तयारी भइरहेको मेयर चौधरीले जानकारी दिए। ‘गाईहरूलाई त्यहाँ चरणलगायतका समस्या देखियो, टाढा भएकाले रेखदेख गर्न पनि गाह्रो भयो, अब सामुदायिक वनमा एउटै ठूलो गौशाला बनाएर व्यवस्थापन गर्छौं,’ उनले भने।

घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाकी प्राविधिक छत्रा न्युरेले गौशालाको उचित व्यवस्थापन नभएका कारण पनि गाई जंगलबाट भागेर पुनः बस्तीमै फर्केको बताइन्। ‘गोठमा बसेका गाई एक्कासि जंगलको खुला आकासमुनि राखिँदा चिसो सहन नसकेर जंगल चर्न गएका बेला भागेरै पुनः गाउँमै फर्केका छन्।’ गौशालामा केही समयअघि खोरेत रोगले सताएपछि गाईको उपचारका लागि आफूले औषधि पठाएको समेत उनले बताइन्। ‘केही गाई खोरेत र चिसोका कारण मरेका छन्,’ उनले भनिन्, ‘गाई मरेको संख्या हेर्ने हो भने ७० भन्दा बढी छैन।’ नागरिक दैनिकमा खबर छ ।