२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैलाई कष्ट, कसैलाई रमाइलो



अ+ अ-

काठमाडौं । लगातार हिउँदे झरीका कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको छ। हिमाली तथा पहाडी क्षेत्रका विभिन्न जिल्लामा भारी हिमपात पनि भएको छ। वर्षा र हिमपातका कारण कतिपय ठाउँमा यातायात तथा सञ्चारसमेत अवरुद्ध भएका छन्। हिमपातपछि बढेको चिसोले कतिपय घरबाट बाहिरसमेत निस्कन सकेका छैनन् भने कतिपय हिउँ खेलेर रमाइरहेका छन्। बिहीबारदेखि निरन्तर तीन दिनको वर्षाले जनजीवन कष्टकर बनाइरहेका बेला किसान भने बालीनाली सप्रने भन्दै खुसी पनि भएका छन्। नागरिक दैनिकमा खबर छ ।

दोरम्बामा १२ वर्षपछि हिमपात, आन्तरिक पर्यटकको घुइँचो
रामेछाप संवाददाताका अनुसार दोरम्बामा १२ वर्षपछि हिमपात भएको छ। दोरम्बा बजार आसपासका सबै डाँडाकाँडा सेताम्य भएका छन्। यसअघि यहाँ २०६२ सालमा हिउँ परेको थियो। १२ वर्षपछि हिमपात भएपछि स्थानीय खुसी भएको दोरम्बा गाउँपालिकका अध्यक्ष कमानसिहं मोक्तानले बताए। दोरम्बा बजार र अग्लेश्वरी डाँडामा हिउँ खेल्न आन्तरिक पर्यटकको घुइँचो लागेको गाउँपालिकका अध्यक्षले बताए। सिन्धुलीलगायत आसपासका स्थानीय हिउँ खेल्न आएको उनले बताए। जसका कारण अहिले दोरम्बा बजारका होटलहरू भरीभराउ भएका छन्।

यसैबीच लगातार वर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएको छ। दोरम्बा गाउँपालिका क्षेत्रमा तीन दिनदेखि विद्युत् अवरुद्ध छ। शैलुङ देउरालीमा शुक्रबार रातिदेखि लगातार हिमपातले स्थानीय बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। रामेछापका अग्लेश्वसर, गोकुलगंगा, गौसरा, उमाकुण्डा, डडुवा, रामथुंगालागायत उच्च भेगमा भारी हिमपात भएपछि यातायातसमेत सञ्चालन हुन सकेको छैन। दोरम्बाबाट शैलुङ हुँदै काठमाडौं जाने सवारीसाधन चल्न नसेकेको शैलुङ गाउँपालिकका अध्यक्ष भरत दुलालले बताए। उनले भने, ‘टेलिफोन, विद्युत् पनि अवरुद्ध भएको छ, यतिबेला यहाँका बासिन्दा घरबाहिर निस्किन पनि सकेका छैनन्।’

हिमपातकै कारण शैलुङ आसपासका धेरैजसो विद्यालय बन्द गरिएका छन्। सबैजना घरभित्रै आगो तापेर बसेको स्थानीय दीपक लामाले बताए। भारी हिमपातका कारण गोठसमेत भत्केलाले गाईवस्तुलाई समेत प्रभाव पारेको स्थानीय दावा शेर्पाले बताए।’ ‘मैले २० वर्षपछि यति धेरै हिउँ परेका अनुभव गरेको छु, यहाँ करिब पाँच फिट हिउँ परेको छ,’ उनले भने। यसअघि शैलुङ क्षेत्रमा मात्र हिउँ पर्ने गरेको थियो। तर यस वर्ष भने जिल्लाका अधिकांश उच्च पहाडी भेगमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।

धुन्चेमा पाँच वर्षपछि हिमपात, यातायात अवरुद्ध
रसुवा संवाददातका अनुसार सदरमुकाम धुन्चेमा पाँच वर्षपछि हिमपात भएको छ। शनिबार बिहान ९ बजेदेखि हिउँ परेको हो। हिउँ परेपछि रमाइलो गर्नेहरूको घुइँचो लागेको थियो। यसअघि २०७१ सालमा हिउँ परेको स्थानीय लक्षिन तितुङले बताए। ‘धुन्चेमा हिउँ नपरेको पाँच वर्ष भएको थियो,’ उनले नागरिकसँग भने, ‘अब फेरि कहिले पो खेल्न पाइने हो।’

हिउँ परेसँगै बाली सप्रिने आसमा किसान खुसी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। जिल्लाको उत्तरी क्षेत्रमा बढी हिमपात भएको छ। जिल्लाका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका सबै क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। जिल्लाका लाङटाङ,गत्लाङ, गोल्जुङ, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरेलगायतका क्षेत्रमा हिमपात भएको हो। हिमपात भएपछि शनिबार दिनभर सवारी आवागमनसमेत बन्द भएको थियो।




भर्खरै