२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैलाई कष्ट, कसैलाई रमाइलो



अ+ अ-

काठमाडौं । लगातार हिउँदे झरीका कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको छ। हिमाली तथा पहाडी क्षेत्रका विभिन्न जिल्लामा भारी हिमपात पनि भएको छ। वर्षा र हिमपातका कारण कतिपय ठाउँमा यातायात तथा सञ्चारसमेत अवरुद्ध भएका छन्। हिमपातपछि बढेको चिसोले कतिपय घरबाट बाहिरसमेत निस्कन सकेका छैनन् भने कतिपय हिउँ खेलेर रमाइरहेका छन्। बिहीबारदेखि निरन्तर तीन दिनको वर्षाले जनजीवन कष्टकर बनाइरहेका बेला किसान भने बालीनाली सप्रने भन्दै खुसी पनि भएका छन्। नागरिक दैनिकमा खबर छ ।

दोरम्बामा १२ वर्षपछि हिमपात, आन्तरिक पर्यटकको घुइँचो
रामेछाप संवाददाताका अनुसार दोरम्बामा १२ वर्षपछि हिमपात भएको छ। दोरम्बा बजार आसपासका सबै डाँडाकाँडा सेताम्य भएका छन्। यसअघि यहाँ २०६२ सालमा हिउँ परेको थियो। १२ वर्षपछि हिमपात भएपछि स्थानीय खुसी भएको दोरम्बा गाउँपालिकका अध्यक्ष कमानसिहं मोक्तानले बताए। दोरम्बा बजार र अग्लेश्वरी डाँडामा हिउँ खेल्न आन्तरिक पर्यटकको घुइँचो लागेको गाउँपालिकका अध्यक्षले बताए। सिन्धुलीलगायत आसपासका स्थानीय हिउँ खेल्न आएको उनले बताए। जसका कारण अहिले दोरम्बा बजारका होटलहरू भरीभराउ भएका छन्।

यसैबीच लगातार वर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएको छ। दोरम्बा गाउँपालिका क्षेत्रमा तीन दिनदेखि विद्युत् अवरुद्ध छ। शैलुङ देउरालीमा शुक्रबार रातिदेखि लगातार हिमपातले स्थानीय बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। रामेछापका अग्लेश्वसर, गोकुलगंगा, गौसरा, उमाकुण्डा, डडुवा, रामथुंगालागायत उच्च भेगमा भारी हिमपात भएपछि यातायातसमेत सञ्चालन हुन सकेको छैन। दोरम्बाबाट शैलुङ हुँदै काठमाडौं जाने सवारीसाधन चल्न नसेकेको शैलुङ गाउँपालिकका अध्यक्ष भरत दुलालले बताए। उनले भने, ‘टेलिफोन, विद्युत् पनि अवरुद्ध भएको छ, यतिबेला यहाँका बासिन्दा घरबाहिर निस्किन पनि सकेका छैनन्।’

हिमपातकै कारण शैलुङ आसपासका धेरैजसो विद्यालय बन्द गरिएका छन्। सबैजना घरभित्रै आगो तापेर बसेको स्थानीय दीपक लामाले बताए। भारी हिमपातका कारण गोठसमेत भत्केलाले गाईवस्तुलाई समेत प्रभाव पारेको स्थानीय दावा शेर्पाले बताए।’ ‘मैले २० वर्षपछि यति धेरै हिउँ परेका अनुभव गरेको छु, यहाँ करिब पाँच फिट हिउँ परेको छ,’ उनले भने। यसअघि शैलुङ क्षेत्रमा मात्र हिउँ पर्ने गरेको थियो। तर यस वर्ष भने जिल्लाका अधिकांश उच्च पहाडी भेगमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।

धुन्चेमा पाँच वर्षपछि हिमपात, यातायात अवरुद्ध
रसुवा संवाददातका अनुसार सदरमुकाम धुन्चेमा पाँच वर्षपछि हिमपात भएको छ। शनिबार बिहान ९ बजेदेखि हिउँ परेको हो। हिउँ परेपछि रमाइलो गर्नेहरूको घुइँचो लागेको थियो। यसअघि २०७१ सालमा हिउँ परेको स्थानीय लक्षिन तितुङले बताए। ‘धुन्चेमा हिउँ नपरेको पाँच वर्ष भएको थियो,’ उनले नागरिकसँग भने, ‘अब फेरि कहिले पो खेल्न पाइने हो।’

हिउँ परेसँगै बाली सप्रिने आसमा किसान खुसी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। जिल्लाको उत्तरी क्षेत्रमा बढी हिमपात भएको छ। जिल्लाका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका सबै क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। जिल्लाका लाङटाङ,गत्लाङ, गोल्जुङ, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरेलगायतका क्षेत्रमा हिमपात भएको हो। हिमपात भएपछि शनिबार दिनभर सवारी आवागमनसमेत बन्द भएको थियो।