२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो समयपछि १४ एसपी एसएसपीमा बढुवा, २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)



अ+ अ-

काठमाडौँ । लामो समयको अनिश्चिततापछि नेपाल प्रहरीले एसपी र एसएसपीको बढुवासूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा २६ जना डिएसपी एसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले खाली रहेको वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा पदपुर्ति गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शनिबार राति गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहितको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

एसएसपी बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहेका छन् ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले २६ जना प्रहरी नायव उपरीक्षक ९डिएसपी० लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवा गरेको छ।

बढुवामा पर्नेहरूमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल र रमेश थापा रहेका छन्।

त्यसैगरी एसपीमा बढुवा हुने अन्यममा प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुप शमशेर राणा, श्याम महतो, कृष्ण पङ्गेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर रहेका छन् ।

अब प्रहरीले खाली रहेको एकजना प्रहरी नायव महानिरीक्षकमा बढुवाको टुंगो लगाउन बाँकी छ । काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको स्थानमा प्रहरी प्रधान प्रधान कार्यालय एकजना एसएसपीलाई बढुवाको तयारी गरेको हो । अन्नपुर्ण पोष्टमा खबर छ ।