१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो समयपछि १४ एसपी एसएसपीमा बढुवा, २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)



अ+ अ-

काठमाडौँ । लामो समयको अनिश्चिततापछि नेपाल प्रहरीले एसपी र एसएसपीको बढुवासूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा २६ जना डिएसपी एसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले खाली रहेको वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा पदपुर्ति गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शनिबार राति गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहितको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

एसएसपी बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहेका छन् ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले २६ जना प्रहरी नायव उपरीक्षक ९डिएसपी० लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवा गरेको छ।

बढुवामा पर्नेहरूमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल र रमेश थापा रहेका छन्।

त्यसैगरी एसपीमा बढुवा हुने अन्यममा प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुप शमशेर राणा, श्याम महतो, कृष्ण पङ्गेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर रहेका छन् ।

अब प्रहरीले खाली रहेको एकजना प्रहरी नायव महानिरीक्षकमा बढुवाको टुंगो लगाउन बाँकी छ । काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको स्थानमा प्रहरी प्रधान प्रधान कार्यालय एकजना एसएसपीलाई बढुवाको तयारी गरेको हो । अन्नपुर्ण पोष्टमा खबर छ ।