काठमाडौं । दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा २५ असोज ०७२ मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए ।
मुलकभर अझै २० वटा तुइन प्रतिस्थापन हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशभर रहेका १३५ तुइनमध्ये ११५ तुइन प्रतिस्थापन भइसकेको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।