११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

छालामा पनि देखियो यस्तो डरलाग्दो रोग

छालामा पनि देखियो यस्तो डरलाग्दो रोग
अ अ+ अ-

कोहलपुर । भुसुनाको टोकाइबाट हुने कालाजार कुनैबेला तराईको रैथाने रोग भनेर चिनिन्थ्यो। यो रोग लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने,कमजोरी महसुस हुनेलगायत लक्षण देखिन्थ्यो। खासगरी रगतमा हुने कालाजार छालामा देखिन थालेएको छ। अहिले छालाको कालाजार पश्चिम नेपालमा बढ्दै गएको देखिन्छ। यो बढीजसो अनुहारको छालामा देखिने गरेको छ। सुरुमा साधारण घाउ हुनु तर नचिलाउनु र नदुख्नु यो रोगको लक्षण हो।

‘प्रायः यो नाकको डाँडीमा देखिएको छ,’ नेपालगन्ज मेडिकल कलेजका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ सुमित पाण्डेले भने, ‘नचिलाउने, नदुख्ने खालका यो घाउ तीन वा ६ महिनादेखि सन्चो नहुने खालको हुन्छ।’ उनका अनुसार यो रोग पनि भुसुनाकै टोकाइबाट लाग्छ। तर छालामा कालाजार निकै दुर्लभ भए पनि पश्चिम नेपालमा बढी नै देखिएको उनी बताउँछन्। साधारण घाउ हेरेको भरमा कालाजार नै हो भन्न नसकिने उनको भनाइ छ। उनका अनुसार यो रोग ‘एलडी बडिज’ किटाणुका कारणले लाग्छ। मासु काटेर त्यसको जाँच गरिसकेपछि मात्र पत्ता लाग्ने उनी बताउँछन्। रगतमा ‘के ३९’ जाँच गरेर पनि रोग पत्ता लगाउन सकिने उनको भनाइ छ।

उनका अनुसार पाँच वर्षअघि काठमाडौंस्थित शिक्षण अस्पतालमा यस्तै रोगका दुई बिरामी फेला पारेका थिए। उनले नेपालगन्ज आइसकेपछि भने पाँच वर्षको अन्तरालमा करिब २५ बिरामी फेला पारिसकेको बताए। ‘यसको जानकारी विश्व स्वास्थ्य संगठनको टोलीलाई पनि गराएको छु,’ उनले भने, ‘यसको विस्तृत अध्ययन–अनुसन्धान भने हुन बाँकी छ।’

उपचारमा समस्या
छालामा हुने कालाजार दुर्लभ हुनाले यसको उपचारमा पनि समस्या छ। सरकारले औषधि उपलब्ध नगराउँदा उपचारमा समस्या भएको डा. पाण्डे बताउँछन्। कतिपय बिरामीलाई वैकल्पिक औषधि दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ। ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निःशुल्क औषधि पाइने भए पनि पश्चिम नेपालमा भने त्यस्तो सुविधा छैन,’ उनले भने, ‘यसको औषधिलाई मिल्टी फोसिन भनिन्छ, यो औषधि पाउनै गाह्रो छ।’ भारतमा सिरिन्ज पाइने भए पनि औषधि भने भारतमा समेत नपाइएको उनको भनाइ छ।

भेरी हस्पिटल नेपालगन्जमा भने यसको सिरिन्ज लाइपोजोमोल एम्पोटेरिसिन बी पाइने गरेको भेरी अञ्चल अस्पतालका छाला रोग विशेषज्ञ डा. बद्री चापागाईंले बताए। छालामा हुने कालाजारका विषयमा छाला रोग विशेषज्ञबीच नै समान धारणा नभएको उनले बताए। खान सजिलोका लागि मिल्टी फोसिन ठीक भए पनि यसको प्रभावकारिता विषयमा प्रश्न उठेपछि यो औषधि प्रयोग गर्ने÷नगर्ने अझै पनि छलफलकै विषय भएको उनको भनाइ छ। छालामा हुने कालाजारका विषयमा पर्याप्त अध्ययन नै नभएको उनले बताए। तर वैकल्पिक उपचारबाट पनि कतिपय घाउहरू निको भएको उनको भनाइ छ।

हिमालतिर चढ्दै कालाजार
कालाजार पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रका बासिन्दामा पनि देखिएको छ। ‘कालाजार गर्मी क्षेत्रमा लाग्ने रोग हो,’ डा। पाण्डे भन्छन्, ‘तर प्युठान, रोल्पा, जाजरकोट, रुकुम, दार्चुला, डोल्पालगायत ठाउँका बिरामीमा पनि यो रोग देखिएको छ।’ यो जलवायु परिवर्तनका कारण हुन सक्ने डा। उनको अनुमान छ। ‘यसबारे मलाई पनि सबै कुरा थाहा छैन,’ उनले भने, ‘यसको अध्ययनअनुसन्धानको पाटो बाँकी नै छ।’ दशकअघि पूर्वी तराईमा बढी देखिएको कालाजार अहिले पश्चिम नेपालका उच्च पहाडी, हिमाली क्षेत्रमा समेत देखिन थालेको डा। चापागाईं बताउँछन्। नागरिक दैनिकबाट