११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

अमेरिका नेपाल कति रकम पठाउन र बोक्न पाइन्छ ?

अमेरिका नेपाल कति रकम पठाउन र बोक्न पाइन्छ ?
अ अ+ अ-

-सानुबाबु सिलवाल​

अब पहिले जस्तो अमेरिकाबाट नेपाल वा नेपालबाट अमेरिका वा जुनसुकै देशबाट नेपाल र नेपालबाट जुनसुकै मुलुकमा रकम, नगद अर्थात करेन्सि पठाउने, पाउने, लेनदेन गर्ने, कारोबार गर्ने, आतेजाते गर्दा साथमा बोक्ने, ट्रान्सफर गर्ने कुनै पनि गतिबिधिमा हरेक मुलुकले निगरानि, कडा नियम र निषेध एबम दायरा भित्र कसिकसाउ गर्दै लगिरहेको छ​। पहिले जस्तो ट्राभल गर्दा भनेजत्ति रकम जुनसुकै मुलुकको मुद्रा, ट्राभलर चेक​, बैङ्क वा बित्तिय सस्थाको नोट​, फरेन करेन्सि, सेक्युरिटिज स्टक बोकि हिड्न अब पाइएन​। अन्तराष्ट्रिय मुद्रा कोष एबम बित्तिय कानुन अन्तर्गत मनि लन्डरिङ्गको पोलिसि एबम कानुन सबै मुलुकले फलो गर्नु पर्ने हुन्छ अब​।

हिजो जस्तो मनलाग्दि रुपमा मनि ट्रान्सफर गर्ने बिभिन्न कम्पनि वेष्ट्रन युनियन​, मनि ग्राम​, बैङ्किङ्ग वायर​, आइ एम एस, पे पल लगायतबाट रकम पठाउदा, रिसिभ गर्दा, वायर गर्दा मनि लन्डरिङ्ग र मनि सर्भिस बिजिनेस​, बित्तिय कारोबार एबम स्यम मुलुकको नया आर्थिक पोलिसि अन्तर्गत कानुन मान्नु पर्ने हुन्छ​। अन्यथा कानुनि कार्वाहि, जरिवाना वा जेल सजाय भोग्नु पर्ने हुन्छ अब आइन्दा।

१४ हजार डलरसम्म एक जना भारतियले प्रति बर्ष डलर भारत पठाउदा उसले कर तिर्नु पर्दैन अर्थात यति रकमसम्म उसलाइ मनि ट्रान्सफर र मनि पठाउदा कर निशुल्क भयो। यसभन्दा बढि १४ हज्जार १ डलर भयो भने पनि उसले आफ्नो कमाइको कानुनि हैसियत र आधार प्रमाण सहित कर तिर्नु पर्ने हुन्छ​।

वेस्ट्रर्न युनियनबाट ५ हज्जार डलर सम्म मनि ट्रान्सफर गर्न मिल्नेछ तर उसको कमाइ, उसको २ वटा सम्म परिचय खुल्ने कागज र पठाउदा प्राप्त गर्ने मुलुक र ब्याक्तिको सोधखोजबाट मात्रै उसले डलर पठाउन सक्दछ​। ९९९ डलर भन्दा माथि पठाइने मनि ट्रान्सफर कारोबारमा स्वयम वेस्ट्रर्न युनियन​, यसको एजेन्ट र उसले आइ आर एसलाइ गर्न सक्ने रिपोर्टीङ्ग सहित वाच लिस्टमा राखिरहेको हुन्छ​। लगातार डलर पठाउने वा रिसिभ गर्ने पाइएमा सस्पिसियस रिपोर्ट मार्फत समातिन सक्दछ​। त्यस्तै मनि ग्रामबाट ६ हज्जार डलर​, एच​एसबिसि बैङ्क २ लाख डलर सम्म र पे पलबाट १० हजार डलर सम्म वायर गर्न सकिनेछ र अधिकाश बैङ्ग एबम बित्तिय सस्थाहरुको कुनै लिमिटेसन नभ​एता पनि ९ हजार नौ सय ९९ डलर भन्दा माथिको कुनै पनि कारोबार​, ट्रान्समिसन वायरमा स्वयम तपाइको बैङ्क वा ट्रान्समिसन गर्दै गरेको बित्तिय सस्थाले तपाइलाइ वाच गर्नेछ​। त्यसका लागि करेन्सि ट्राञेक्सन रिपोर्ट तत्काल आइ आर एसलाइ एलेक्ट्रोनिक रुपमा पठाउनु पर्नेछ​। यस अर्थमा आइ आर एसलाइ शङ्का लागेका तुरुन्तै उक्त बैङ्ग र तपाइलाइ सम्पर्क गर्नेछ र उक्त रकम गैरकानुनि लागेमा वा शङ्का लागेमा इनभेस्टिगेसन गर्नेछ र तपाइले कमाएको वा यसको कानुनि हैसियत नदेखिएमा तपाइको रकम सिज गरि तपाइलाइ थप फाइन वा जेल वा दुबै सजाय हुन सक्नेछ अमेरिकामा।

मानौ तपाइले बारम्वार​, पटक पटक गरि नेपाल डलर पठाउदै हुनुहुन्छ भने होशियार हुनुहोला कुनै पनि बेला तपाइ आइ आर एसको कानुनि फन्दामा पर्नु होला। तपाइले पठाएको रकम र पठाउने बित्तिय सस्था र उता प्राप्त गर्नेको दोहोरो रिपोर्टीङ्ग हुनेछ आइ आर एसलाइ। आफ्नो कर दाखिला गरेको रकम बाहेक वा तपाइको डब्लु टु भन्दा माथिको रकम वा नगदमा गरिएको काम वा कुनै गौरकानुनि काम मार्फत कमाइएको रकम बारम्बार तपाइले डलर वायर वा ट्रान्सफर गर्नु भयो भने तपाइलाइ कुनै पनि दिन समात्नेछ​। त्यसैले के थाहा पाउला र भन्ने कमजोर सोचाइले तपाइले कमाएको वा कानुनि हैसियत बाहेकको रकम वायर वा ट्रान्सफर गर्ने गल्ति कदापि नगर्नु होला। ९९९ डलर भन्दा माथि तपाइको कुनै पनि रकम रिपोर्ट्ङ्ग भैरहेको हुन्छ​।

अमेरिकामा तपाइको गोजिमा २ हजार डलर भन्दा माथि रकम छ र तपाइ कुनै कारणबस ल इनफोर्समेन्टबाट कुनै कारणबस पुल ओभर हुनु भयो भने त्यसबेला तपाइको खानतलासि भयो भने र साथमा भ​एको २ हजार डलर भन्दा माथिको रकमको कमाइको प्रमाण बुझाउन सक्नु भ​एन भने तपाइको उक्त रकम जफत र तपाइलाइ कार्बाहि गर्न सक्दछ​। 
त्यसैगरि तपाइले ५ हजार डलर भन्दा माथि लगातार दैनिकि डिपोजिट गर्दै हुनुहुन्छ भने पनि तपाइ निगरानि र इनभेस्टिगेसनमा पर्नु हुनेछ​।

प्रबासमा बस्नेहरुले नेपाल डलर पठाउने भनेको परिवार​, आफन्त​, भाइसाथि एबम कुनै पनि चन्दा सहयोग र सामाजिक कामका लागि पठाउने गरिन्छ​। यसको अलावा लगानिका हिसाबले कि त घर, कि त घरेडी, कि त सुनचादि हिरामोतिमा लगानि हुने गर्दछ र यसैका निमित्त हुन्डि मार्फत वा ट्रान्समिसन कम्पनि मार्फत रकम पठाउने गरिएको देखिएको छ​। तर अब हुन्डि मार्फत वा कुनै पनि गलत माध्यमबाट तपाइ पैसा डलरको कारोबार गर्दै हुनुहुन्छ भने आजैबाट यो रोक्नुहोस अन्यथा तपाइ जेल र जरिवानाको भागिदार हुनुहुनेछ र यो आर्थिक क्राइम हो।

नेपाल राष्ट्र बैङ्गको नया नियम फरेन एक्सेञ्ज एक्ट २०१९ का अनुसार अब कुनै पनि नेपालिले नेपाल जादा वा नेपालबाट बाहिरिदा ५ हजार नेपालि रुपैया भन्दा बढि बोक्न पाइनेछैन​। साथमा ५ हजार डलर भन्दा माथि बोकेको खन्डमा अध्यागमनबाट स्विक्रिति र क्लिरियन्स लिनु पर्नेछ​। तर​, अमेरिकाको हकमा भने १० हजार वा सो भन्दा माथिको डलर वा सो बराबरको जिन्सि भ​एमा एयरपोर्टमै अध्यागमनमा रिपोर्टिङ्ग गरि क्लिरियन्स लिनु पर्नेछ। उक्त रकमको कानुनि आधार नपाइएमा उक्त रकम सिज हुनेछ​। तर बाहिरि मुलुकबाट जतिसुकै रकम डलर पनि बैङ्गमा वायर मार्फत प्राप्त गर्न सकिनेछ तर उक्त रकमको कानुनि हैसियत देखाउनु पर्नेछ​। रकम प्राप्त गरेकोमा नभै रकम उपलब्धता र कमाइ गेन बापत कर तिर्नु पर्नेछ अमेरिकि सरकारलाइ।

नेपाल राष्ट्र बैङ्कले सामान खरिद​, आयातका निमित्त एल सि लेटर अफ क्रेडीट मार्फत बैदेशिक कम्पनि वा ब्याक्तिलाइ रकम वायर गर्न सकिनेछ तर यसको पुर्ण खुलासा र आधार देखाउनु पर्नेछ। यसको अलावा नेपाल राष्ट्र बैङ्कले मुलुकबाट डलर वा कुनै पनि रकम बैदेशिक लगानिका नाममा बाहिरिन निषेध गरेको छ​।

समग्रमा भन्नु पर्दा आतङ्ककारि गतिबिधि, लागु औषध र गैरकानुनि कमाइ र कर छलिएका रकमलाइ निषेधित गर्न नगद कारोबार​, मनि लन्डरिङ्ग​, मनि सर्भिस, मनि कारोबार र मौद्रिक अनियमितालाइ कानुनि दायरा भित्र ल्याउन र बित्तिय ट्रान्सप्रेन्सिलाइ अध्याबधिक राख्न हरेक मुलुकले कडाइ गर्दै लगिरहेको छ​।

मुलुकको रकम​, डलर एबम मुद्रा बाहिर जान, भित्र्याउदा हरेक ब्याक्ति, सस्था, ब्यापारिक ट्रेड्रिङ्ग सस्था वा समुहको आर्थिक निगरानि एबम यसको दुरुपयोगलाइ नजरान्दाज गरि गलत एबम मुर्ख्याइ नगर्नु होला नत्र यसबाट हुनसक्ने सजाय सहज छैन​। सानुबाबु सिलवालको फेसबुक वालबाट साभार