५ मंसिर २०८१, बुधबार
,
Latest
संघीयताताको परिकल्पना पूरा हुन सकेन: प्रचण्ड गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु जागरणसभामा एक लाख नागरिक उपस्थित हुने एमालेको अपेक्षा माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन्ः अध्यक्ष दाहाल काँग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ वायुसेवा कम्पनीहरूलाई पर्यटन मन्त्रीको निर्देशनः चौबिस घण्टाभित्र भाडादर बुझाउनु हवाई इन्धन डिपो स्थानान्तरणको डिपिआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता शान्ति सम्झौताका १८ वर्ष – दमननाथ र पद्मरत्नलाई सम्झँदा कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका मन्दिरमा चार लाख दर्शनार्थी



अ+ अ-

गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरुले कालिका मन्दिरको दर्शन गरेका हुन् । गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरु आउने गरेका छन् ।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो ।