२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्याकी देवी सरस्वतीको हातमा ल्यापटप



अ+ अ-

जनकपुरधाम । बाघमा चढेकी महिलाको प्रतिमालाई सरस्वती माताको नाम दिएर जनकपुरधामका युवाहरुको एक समूहले पूजा गरेपछि आलोचना सुरु भइरहेको छ । युवाहरुको जमातले बाघमाथी बसेकी सरस्वतीको हातमा ल्यापटप राखिदिएका छन् ।

स्थानीय जनक चोकमा बनाइएको बाघ चढेकी सरस्वतीको प्रतिमा अगाडि सेल्फी लिने युवाहरुको भिड लागेको छ भने बुद्धिजिवी एवं साँस्कृतिविदले हिन्दू धर्म एवं मिथिला साँस्कृति माथि खेलवाड भएको टिप्पणी गरेका छन् ।

विद्याकी देवी सरस्वतीलाई शान्त र सौम्य स्वभावको भनी हिन्दू धर्ममा वर्णन गरिएको छ । उनको वाहन हंसलाई भनिएको छ । तर, बाघमाथि सरस्वतीको प्रतिमा बसाइदिने, पूजामा भड्किला गीत घन्काएर अशान्ति मचाउनेजस्ता क्रियाकलाप विकृत मानसिकताको उपज रहेको नेपाली एवं मैथिली साहित्यका वरिष्ठ साहित्यकार प्राध्यापक राजेन्द्र विमल बताउँछन् ।

डा। विमलको तर्कसँग सहमती जनाउदै जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश साहले हिन्दू देवी देवतालाई अपमान गरेर जनकपुरमा केही युवाले गलत परम्पराको शुरुवात गरेको आरोप लगाए ।

सरस्वती पूजाका नाममा विकृति बढ्दै गएको र यसलाई रोक्न पहल गर्नु आवश्यक रहेको भन्नेहरु धेरै देखिएका छन । आधुनिकताका नाममा संस्कृतिलाई मजाक बनाइएकामा धेरैले टिप्पणी गरे ।

पहिला सरस्वती पूजाका दिन अक्षराम्भ हुन्थ्यो, भजनकीतर्न हुने गथ्र्यो, विद्यार्थीहरु आफना कला प्रस्तुत गर्थे तर अहिले विस्तारै त्यो हराउँदै गइरहेको छ । अहिले जनकपुरको विद्यालय भन्दा चोक चोकमा सरस्वतीको पूजा बढी हुन थालेको छ । जनकपुरको चोकहरुमा मात्रै एक सय स्थानमा सरस्वतकिो प्रतिमा बनाई पूजा गरिएको छ । ती चोकहरुमा भडकिलो भोजपूरी गीत गाएर सरस्वतीको स्वागत गरिएको छ । यही प्रवृत्तिको विरोध स्वरुप आफूहरुले बाघ माथि सरस्वती बनाएको आयोजक कमिटीका सुशिल कर्णले बताए ।

डा. अजूर्न सिंहले सरस्वती प्रतिमामा यो वदलाव समय सापेक्ष र सान्दर्भिक लागेको टिपपणी गरे । गतवर्षपनि यी युवाहरुले सरस्वतीको मूर्तिलाई स्कुटीमा बसाएका थिए ।
राजधानिबाट