२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियम मिच्दै बनाईएका कामु न यता न उता



अ+ अ-

काठमाडौं । समाज कल्याण परिषद्मा रिक्त रहेको निर्देशक पदपूर्तिका लागि कायम मुकायम तोकेकाहरु दुई वर्ष बित्दा समेत सोही हैसियतमा काम गर्न बाध्य पारिएको छ । परिषद्का ४ जना कामु निर्देशकलाई कानुनी प्रावधान मिच्दै पुरानै जिम्मेवारी तोकिएको छ ।

नियमानुसार, कामु तोकिएको दिनदेखि ६ महिनासम्म मात्रै कामु दिने व्यवस्था भए पनि सो व्यवस्थाको सरासर उल्लंघन गरिएको छ । उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेत साढे २ वर्षदेखि कामु निर्देशकको जिम्मेवारीमा रहनुभएको छ ।

कामु निर्देशक हरि तिवारीले नियमानुसार नै चार उपनिर्देशकलाई कामु दिएको दाबी गर्नुभयो । चार उपनिर्देशकको कामुमा बढुवा नियमअनुसार नै भएको हो । परिषद् एक स्वायत्त संस्था भएकाले निजामतीभन्दा भिन्न नियमले चल्ने गरेको उहाँले दाबी गर्नुभयो ।

उहाँका अनुसार परिषद्मा लामो समयसम्म पदपूर्ति र बढुवा नभएकोमा समाज कल्याण परिषद् कर्मचारी सेवा सर्त नियमावली, २०५० ले जेष्ठताको आधारमा कामु नियुक्त गरेको हो ।

स्रोतका अनुसार शाखा अधिकृत सरहको सहायक निर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला, शिव बस्नेत, दुर्गा भट्टराई, रामराज भट्टराई, दीपेन्द्र पन्त र सञ्जय मल्लिक गरी ८ जनालाई उपसचिव सरहको उपनिर्देशकमा बढुवा गरेको थियो । २०६९ सालमा बोर्डले ४४ जनालाई २४ घ लगाएर बढुवा गर्दै विभिन्न रिक्त रहेको पदमा पूर्ति गरेको थियो ।

बोर्डले त्यस बेला एक तहमाथिको सेवा सुविधा दिने तर साविककै पदमा रही साविककै तोकिएको काम गर्ने गरी बढुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले दुई वर्षपछि बढुवा भएकै पदमा काम गर्न दिने निर्णय गरेको थियो ।
त्यसको केही महिनामै परिषद्कै जेष्ठता निर्धारण समितिको सिफारिसमा बोर्डले ४ जना उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेतलाई कामु निर्देशक बनाएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।