११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

प्रहरी बढुवामा घोटाला, सिनियरलाई फालेर गृह मै भयो यसरी चलखेल

प्रहरी बढुवामा घोटाला, सिनियरलाई फालेर गृह मै भयो यसरी चलखेल
अ अ+ अ-

काठमाडौं। करिब दुई साताअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा शक्तिकेन्द्र धाउनेहरू बढुवामा छुट्ने चेतावनी दिएका थिए ।

तर, शनिबारको बढुवा सिफारिसमा शक्तिकेन्द्र नधाउनेहरू बढुवामा छुटेका छन् । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)का रिक्त पदमा बढुवा सिफारिस भएको छ । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

बढुवा निष्पक्ष नभएको भन्दै धेरै प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन् । एक एसपीले त राजनीमा समेत दिएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बढुवामा आफूलाई लायक भनेर मूल्यांकन नगरेपछि संगठनलाई आफू आवश्यक नरहेको ठानेर राजीनामा दिएको उनले बताए । बढुवा निष्पक्ष नहुँदा आफूमाथि अन्याय भएको उनको आरोप छ ।

१४ पद रिक्त रहेकोमा ३१ जना प्रतिस्पर्धामा थिए । त्यसकारण एउटै ब्याचका भए पनि आधा छुट्नु स्वाभाविक भएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । सत्तारुढ दलका नेतानिकट प्रहरी अधिकारीहरू बढुवामा अग्रपंक्तिमा छन् ।

पहिलो नम्बरमा सन्दीप भण्डारी र दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । तेस्रो नम्बरका उमेशराज जोशी आइजिपीले रुचाएको र चौथो नम्बरमा श्यामलाल ज्ञवालीलाई नेकपाकै नेताहरूको सिफारिस रहेको स्रोत बताउँछ ।

निर्मला पन्त प्रकरणपछि समस्यामा रहेको कञ्चनपुर सम्हाल्न पुगेका एसपी कुबेर कठायत पनि सोही ब्याचका हुन् । तर, बढुवामा उनलाई छुटाइयो । उनीसहित भरत बोहरा, सुदीप गिरी, केदार ढकाल, राजेन्द्र विष्ट, राजेश बाँस्तोला, जनक भट्टराई, दुर्गा सिंह, किरण राणा, कृष्ण महत, लालमणि आचार्य, विष्णु केसीलगायत बढुवामा छुटेका छन् ।

डिएसपी पहिलो र दोस्रो नम्बरकै छुटे

डिएसपी बढुवामा यसपटक अनौठो दृश्य देखिएको छ । आफ्नो ब्याचमा पहिलो र दोस्रो नम्बरमा रहेका अधिकारीहरू नै बढुवामा छुटेका छन् । ११४ को टोलीको भुवनेश्वर तिवारी पहिलो नम्बरमा तथा ऋषि कँडेल दोस्रो नम्बरमा थिए । ब्याचका १२ जना बढुवा हुँदा पनि उनीहरू भने छुटेका छन् ।

‘प्रहरी इतिहासमा यस्तो दृश्य पहिला देखिएको थिएन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘शक्तिकेन्द्रको साथ नहुनेहरूलाई प्रहरीमा जागिर खान गाह्रो छ ।’ प्रकाश रानाभाट र जनार्दन जिसी कर्मचारी प्रशासन शाखामा भएकाले उनीहरूलाई बढुवामा अघि पारिएको छ ।

भण्डारी पहिलो नम्बरमा

एसएसपी बढुवा सिफारिसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली र डा।गणेश रेग्मी ‘टप’ पाँचमा परेका छन् । बढुवा सिफारिस हुने अन्यमा रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्त कुँवर र भीमप्रसाद ढकाल छन् ।

त्यस्तै, २६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । जसमा रमेश बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, डा।मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल छन् ।

त्यस्तै, रमेश थापा, प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपमशमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसपी बढुवाको सिफारिसमा परेका छन् ।

डिआइजीमा एक पद रिक्त भए पनि अत्यधिक चलखेलका कारण बढुवा रोकेर तल्लो तहको बढुवा प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।