४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

‘सेन्ट्रिफ्युज’ मेसिन हस्तान्तरण

‘सेन्ट्रिफ्युज’ मेसिन हस्तान्तरण
अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ ।  

तीस लाख बराबरको सो उपकरणले दाताबाट सङ्कलित रगतलाई प्लाज्मा, प्लेटलेटलगायत विभिन्न तत्वमा विभाजन गर्न सहयोग पुर्‍याउँदछ । यसबाट काभ्रेको रक्तसञ्चार सेवा थप प्रभावकारी हुने बताइएको छ । 

डेनिस रेडक्रसका सहयोगमा काभ्रेमा सञ्चालित ‘समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ मार्फत ती उपकरण प्राप्त भएको जनाइएको छ । डेनिस रेडक्रसका देशीय प्रतिनिधि यान एरिक, नेरेसो विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने तथा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले संयुक्त रुपमा जिल्ला शाखा काभ्रेका तदर्थ समिति संयोजक नारायण ढुङ्गानालाई मङ्गलबार सो उपकरण हस्तान्तरण भयो ।  

सो अवसरमा डेनिस रेडक्रसका देशीय प्रतिनिधि एरिक नेपाल रेडक्रसका गतिविधिको प्रशंसा गर्दै विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणका लागि डेनिस रेडक्रसले नेपाल रेडक्रससँग साझेदारीमा विभिन्न  काम गर्दै आएको बताउनुभयो ।

नेरेसो, विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपानेले सडक लगायतका दुर्घटनाका घाइते तथा रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउनका लागि सहयोग पुगोस् भन्ने ध्ययले उपकरण हस्तान्तरण गरिएको जानकारी दिनुभयो  । 

हस्तान्तरण कार्यक्रममा गुणस्तरीय रक्तसञ्चार सेवा उपलब्ध गराउनका लागि केन्द्रीय रक्तसञ्चार र जिल्ला शाखा काभ्रेबीच सम्झौता पनि भएको छ । सम्झौतापत्रमा संयोजक ढुङ्गाना र निर्देशक पौडेलले हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले देशैभरका रक्तसञ्चार केन्द्रका क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय रगत उपलब्ध गराउनका लागि उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा डेनिस रेडक्रसका वरिष्ठ कार्यक्रम तथा जीविकोपार्जन कार्यक्रमका अधिकृत शुभद्रा देवकोटा, नेरेसोका समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम संयोजक विनिता ढुङ्गेल लगायतको उपस्थिति थियो । 

सन् २०१८ देखि सन् २०२१ सेप्टेम्बर महिनासम्म काभ्रेको मण्डनदेउपुर नगरपालिकामा समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन भएको थियो । फरक क्षमता  भएका व्यक्तिको पहिचान तथा सहयोग सामग्री वितरण, खानेपानी आयोजना निर्माण, जीविकोपार्जन लगायतका गतिविधि सम्पन्न गरेको छ । सोमबार र मङ्गलबार डेनिस रेडक्रस तथा नेपाल रेडक्रसको टोलीले परियोजना सञ्चालित मण्डनदेउपुरको अवलोकनका साथै लाभग्राहीहरुसँग छलफलसमेत सम्पन्न गरेको  गरेको संयोजक  ढुङ्गेलले जानकारी दिनुभयो । (रासस)