७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

तीन लाख मानिसमा अटिजम भएको अनुमान

तीन लाख मानिसमा अटिजम भएको अनुमान
अ+ अ-

जनकपुरधाम । नेपालमा करीब तीन लाख अटिजम (बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता) भएका व्यक्ति भएको अनुमान गरिएको छ ।

अटिजम केयर नेपाल सोसाइटी नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित अटिजम विषयक जनचेतनामूलक पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

विश्वको पछिल्लो तथ्याङ्कअनुसार हरेक ५९ जन्मेको बालबालिकामध्ये एकलाई अटिजम भएका व्यक्ति भएको अनुमान पनि गरिएको छ । चिकित्सकका अनुसार अटिजम मस्तिष्क विकासको विकार हो, जसले मस्तिष्कको सामान्य कार्यलाई प्रभावित पार्दछ । प्रायजसो जन्मेको तीन वर्षभित्र प्रष्टरूपमा देखिने अटिजम जीवनभर रहिरहन्छ ।

अटिजम भएका व्यक्तिले साधारण सञ्चार र सामाजिक कठिनाइदेखि लिएर जीवनयापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । एक्लै बस्ने बानी, वस्तुप्रति अमिल्दो लगाव, आँखामा आँखा नजुधाउने, शब्द र वाक्यांश दोहो¥याउने, अधिक चकचके अथवा अति निष्क्रिय हुने, हरेक दिन एउटै जस्तै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, बिना कारण रुने, कराउने र चिन्तित हुने, घाउ, चोट तथा दुखाइप्रति वास्ता नगर्ने, कुनै पनि चिज÷वस्तु घुमाइ रहने, असान्दर्भिक तरिकाले हाँस्ने, आफूलाई चाहिएका सामान औँलाले नदेखाउने, बोलाउँदा नबोल्ने, नसुनेजस्तो गर्नेलाई अटिजमको लक्षण मानिएको छ ।

सो अवसरमा डा सुनिता अमात्यले यसको पहिचान सानो उमेरमा नै गर्नसकेमा केही हदसम्म आत्मनिर्भर बनाउन सक्ने सम्भावना हुन्छ बताउनुभयो । उहाँले छोरामा अधिक देखिएको अटिजमको प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नुका साथै विशेष सहयोग, प्रशिक्षण र उपचार शीघ्र गर्न सकेमा उनीहरूले अर्थपूर्ण र उपयोगी जीवन जीउन सक्छन् भन्नुभयो ।

डा अर्चना कायस्थले अटिजमका लागि औषधोपचार नभएता पनि अकुपेशनल थेरापी, सञ्चार, व्यावहारिक सीप र सामाजिक थेरापी तथा विशेष र समाहित शिक्षाले आशा लाग्दो सुधार गर्न सक्ने धारणा राख्नुभयो ।

उहाँले धेरैजसोले यसको मुख्य कारण वंशाणुगत नै आधार माने पनि अझसम्म मुख्य कारण पत्ता लाग्न नसकेको पनि जानकारी दिनुभयो । सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था, तालीम केन्द्रको स्थापना र अनुसन्धान गर्ने सोसाइटीको भविष्यको योजना भएको बताउनुभयो ।