६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 3.09

Humidity: 100

Latest
सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल, के कुरा भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी– ‘खुदा पहाड, निक्ला चुहा’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कार्डबारे नेकपा एमालेले जारी गरेको वक्तव्यप्रति कडा टिप्पणी गर्नुभएको छ । दाहालले एमालेको वक्तव्यलाई ‘खुदा पहाड, निक्ला चुहा’ भन्दै यसको कुनै अर्थ नरहेको बताउनुभएको हो ।

ग्लोबल न्यूज नेटवर्कमा अन्तरवार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा दिएको चिनियाँ कार्डबारे अभिव्यक्तिलाई लिएर एमालेले गरेको वक्तव्यलाई खुदा पहाड, निक्ला चुहाबाहेक एमालेले केही पनि नपाउने टिप्पणी गर्नुभएको हो ।

यो पनि पढ्नुहोस- प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

उहाँले प्रधानमन्त्री ओलीको प्रवृत्तिको बारेमा आफूले टिप्पणी गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले तथाकथित राष्टवादको नाममा भ्रम दिने कोशिस गरेको देखिएको आरोप उहाँले लगाउनुभएको छ ।

चिनियाँ कार्डबारे ग्लोबल न्यूज नेटवर्कमा दिएको दाहालको स्पष्टोक्ति–

केपीजीको प्रवृत्ति जो प्रतिशोधमा देखिएको छ । लोकतन्त्रका विरुद्ध देखिएको छ । उहाँले तथाकथित राष्ट्रवादको नाममा भ्रम दिने कोशिस गरेको देखिन्छ । मलाई योपनि त थाहा छ–उहाँले सकेसम्म बल त भारत भ्रमण गर्न खोजेको भन्ने सूचनाहरु त आईरहेको छ । नमिलेपछि चीन भनेको देखेपछि मैले यो चाहीँ के कार्ड खेल्न खोजेको हो भनेर प्रश्न पो उठाएको हुँ । यत्तिलाई उहाँहरुले अब ठुलै चिज पाईयो, प्रचण्डले धेरै ठूलो मिस्टेक गर्यो भनिकन वक्तव्य दिनुभएको छ । मलाई लाग्छ उहाँहरुले खुदा पहाड, निक्ला चुहाबाहेक केही पाउनुहुने छैन् ।

उहाँहरुले मनोगत रुपमा, किनभने अहिले सरकार अप्ठ्यारोमा पर्दै गएको छ । उहाँहरुले डूबते को तिनके का सहाराको रूपमा प्रयोग गर्न खोजेको हो कि भन्ने मलाई परेको छ । केपीजीको प्रवृत्तिमाथि मेरो प्रश्न हो । मेरो मनमा त्यो प्रश्न कायमै छ । उहाँ (केपीजी) ले न्यूयोर्कमा मोदीसँग बस्दा मोदीलाई निम्तो दिएको कुरा आएको छ । त्यो भनेको उहाँले निम्तो पनि मागेको हो नि। भारत वा चीन पहिले भन्ने प्रश्न होइन ।