३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

Latest
फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञमा ९० लाख दान सङ्कलन



अ+ अ-

घोराही । घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले रु २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दा निवासी घनश्याम वलीका परिवारले रु २० लाख ११ हजार १११ दान गर्नुभएको हो ।

ठूलो रकम दान दिनेहरुमा घोराही उपमहानगरपालिका–६ बचा निवासी केशव महराले रु छ लाख ८० हजार, चोरगाउँ निवासी जगवीर चौधरीले रु पाँच लाख ६१ हजार, पन्नेपुर निवासी चुर्णबहादुर वलीले रु दुई लाख ७१ हजार पाँच, वडा नं ७ निवासी रेवतादेवी योगी र छोरा वलदेव योगीले रु तीन लाख एक हजार १०५ रहेको छ । वडा नं १६ सर्रा निवासी प्रवीण भण्डारी र आमा बोधादेवी भण्डारीले रु दुई लाख पाँच हजार ५५५ र बाँके जिल्ला कोहलपुर निवासी प्रमोद श्रेष्ठ र मीना श्रेष्ठले रु एक लाख १६ हजार १११ दान दिनुभएको समितिले जनाएको छ । महायज्ञमा मुख्यवाचक पण्डित अमृतशरण देवाचार्य हुनुहुन्छ ।

विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेखबहादुर वलीले सबैमा अनुरोध गर्नुभएको छ । यही माघ २२ गतेदेखि शुरु भएको महायज्ञको आज समापन हुँदैछ ।