१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलले दिए गैंडाकोटमा बयान



अ+ अ-

काठमाडौं । किशोरीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहले गैंडाकोटस्थित सरकारी वकिल समक्ष बयान दिएका छन् । 

मंगलबार तनहुँबाट गैंडाकोट ल्याइएका पलसमक्ष बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि अनुसन्धान गर्नु परेकाले पठाइदिनु भन्दै आग्रह गरेपछि पललाई गैंडाकोट लगिएको थियो । 

किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको हो । 

शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

जिल्ला अदालत तनहुँमा थएिको म्यादभित्रै यहाँको पनि अनुसन्धान सक्ने गरि प्रहरीले काम थालेको हो । 

यस्तै, गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।