१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै पार्टी भजन मण्डली भइरहेको बेला केपी सरकार विरुद्ध बिरोध गर भन्ने कुरामा कुनै तुक छैन



अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिधानको खिल्ली उडाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काफ्लेले भने,’ देउवाले काँग्रेसको बिधानको धज्जी उडाउँदै नेबिसंघको वर्तमान अवस्था निम्ताएको बताएका हुन् ।’ ‘आफ्नै पार्र्टीले आफुले नै बनाएको बिधानको खिल्ली उडाइरहेको बेला वर्तमान सरकारले संबिधानको खिल्ली उडायो भनेर बिरोध गर भनेर आदेश दिनुमा कुनै तुक छैन्’ उनले भने ।

पार्टी नेतृत्वबाट नेविसंघ बिघटन गर्नु, नैनसिंह महरले राजनीमा दिनु , संघलाई गुमराहमा राख्नु, भजन मण्डली गठन गर्नुले काँग्रेस लोकतन्त्रको उपहास गरेको उनले बताए ।


उनले ३२ बर्ष मुनिको तदर्थ समिति बनाएर छ महिना पछि नेबिसंघको महाधिबेशन सक्षम रहेपनि पार्टी अझै टिके प्रथालाई निरन्तरता दिन लागि परेको बताए ।