११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

स्वर एउटै कार्यक्रम बेग्लै, पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु

स्वर एउटै कार्यक्रम बेग्लै, पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु
अ अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्षद्वयले सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टीलाई विभाजन गर्ने अनेक प्रयास भइरहेको बताएका छन्। बुधबार अलग-अलग कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु प्रयास भइरहेको पनि औंल्याए।

भेनेजुएला प्रकरण, संक्रमणकालीन न्यायको मुद्दा, संघीयता कार्यान्वयन, पार्टी एकतामा भएको ढिलाइलगायतका विषयमा दुई अध्यक्षका बीचमा पछिल्लो पटक असमझदारी बढेको समाचार आइरहँदा दुवै अध्यक्षले नेकपामा समस्या पैदा गर्ने प्रयास भइरहेको बताए।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहमा ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोषणा सभा’ मा र अर्का अध्यक्ष दाहालले पार्टी कार्यालय धुम्वराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्झना’ मा आयोजित कार्यक्रममा त्यस्तो टिप्प्णी गरेका हुन्।

दुवै अध्यक्षले सार्वजनिक कार्यक्रममा सम्वोधन गर्नुअघि बुधबार बिहान बालुवाटारमा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीले बा–आमाको झगडाको कथा सुनाउँदै आफ्नो पार्टीभित्र नेतामा झगडाको बीउ रोप्ने प्रयास भएको औंल्याएका थिए।

अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो। त्यसभित्र समस्या पैदा गर्ने थामिनसक्नु प्रयास छ। – केपी शर्मा ओली, प्रधानमन्त्री

‘विभिन्न प्रयासहरू भइरहेको छ। म देखिरहेको छु। अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो। त्यसभित्र समस्या पैदा गर्ने कोसिस ओहो ! थामिनसक्नु छ’, प्रधानमन्त्री ओलीले भने, ‘बासँग कानमा भन्ने बा, आमा त बोक्सी हुनु हुँदोरहेछ। आमाको कानमा गएर भन्ने, बा त जँड्याहा भइसके नि। बाले ख्याल गर्नु। भरे पक्कै आमा मुख सुघ्न आउँनुहुन्छ। आमाको कानमा गएर भन्ने, तपाई पत्याउनु हुन्न रु भने गएर बाको मुख सुघ्नुहोस् न कस्तो गन्हाउँछ ? नभन्दै आमाले गएर सुघ्छिन, रक्सी गन्हाउँदैन, तर बालाई लाग्छ–सुघ्न त आई बोक्सी रहेछ। यस्ता प्रयासहरू थुपै्र भएका छन्।’

प्रधानमन्त्रीले त्यस्ता झगडा पार्न खोज्नेहरू असफल हुने भन्दै प्रयास नगर्दा हुने पनि दाबी गरे। ‘प्रयास नगरे पनि हुन्छ। न आमाले सुघ्न जानेछिन्, न बा ले बोक्सीको आरोप लगाउनेछन्। म देखिरहेको छु, अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न पनि खुब प्रयास भइरहेको छ। त्यस्तो प्रयास नगरे हुन्छ।’

प्रतिक्रियावादी–अवसरवादीले पार्टीलाई कमजोर पार्ने, नेताका बीचमै अविश्वास–आशंका पैदा गर्ने प्रयास गरिरहेका छन्। (पुष्पकमल दाहाल, नेकपा अध्यक्ष

उता, अर्का अध्यक्ष दाहालले प्रतिक्रियावादी र असवरवादीले पार्टीभित्र नेताहरू बीच नै फाटो पार्ने प्रयास गरिरहेको भन्दै सचेत हुनुपर्ने बताए। ‘प्रतिक्रियावादीले विभिन्न खालका षडयन्त्रमार्फत यो पार्टीलाई कमजोर पार्ने, पार्टीभित्रै फाटो पार्ने, नेताका बीचमै अविश्वास र आशंका पैदा गर्ने विभिन्न एक्ससरसाइज हुन्छन्। भइरहेका छन्’, दाहालले धुम्बाराही कार्यालयमा आयोजित कार्यक्रममा भने, ‘हामी प्रतिक्रियावादी र अवसरवादीको ‘प्रोभोकेसनमा आउने छैनौं। हामीलाई यो पार्टी एकता कसैले माया गरेर। दया गरेर दिएर भएको होइन।’

दाहालले पार्टी एकता सहिदको त्याग, वलिदान र जनताको निकै ठूलो क्रान्तिकारी आन्दोलनको बलमा भएको जिकिर पनि गरे। ‘हामी एकजुट हुँदा यसको रक्षा हुन्छ। एकजुट हुन सकेनौं र प्रतिक्रियावादी अवसरवादीको प्रोभोकेसनमा फस्यौं भने हामीलाई कठिनता र जटिलता आउने छ, त्यसैले प्रोभोकेसनमा हामी आउनेवाला छैनौं। हामी जनताप्रति गरिएको संकल्प, प्रतिवद्धता र जनताले हामीप्रति गरेको भरोसालाई टुट्न दिनेछैनौं।’

दुई अध्यक्षले पार्टीभित्र बलियो एकताको खाँचो औल्याए पनि भावनात्मक रूपमा एकता भइनसकेको बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्वएमाले नेताको पातलो उपस्थितिले पनि देखाएको छ।

धुम्बाराही पुगेनन् पूर्वएमालेका शीर्ष नेता

तत्कालीन माओवादीले २४ वर्ष अगाडि सुरु गरेको सशस्त्र द्वन्द्वको स्मरण गर्ने दिन थियो, फागुन १। पार्टी एकतापछि केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा तत्कालीन एमालेका वरिष्ठ नेताहरू भने सहभागी भएनन्। अध्यक्ष तथा प्रधानमन्त्री ओली, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरललगायत नेता कार्यक्रम स्थल पुगेनन्।

ओली गतवर्ष पनि तत्कालीन माओवादीले गरेको कार्यक्रममा निम्तो पाएर पनि गएका थिएनन्। तत्कालीन एमाले धारका शीर्ष नेता उपस्थित नभए पनि महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य भीम रावललगायत नेता भने पुगेका थिए। ‘पार्टी अध्यक्ष ओली पनि यो कार्यक्रम ९धुम्बाराहीमा आयोजित कार्यक्रम० मा आउने कुरा हिजो–अस्ती हामी गर्दैथियौं। तर सरकार गठन भएको एक वर्ष पुग्न लागेको र गर्ने पर्ने केही कामको असाध्यै बढी चाप परेकोले प्रधानमन्त्री यहाँ उपस्थित नभए पनि यो निर्णय हामी दुवैजना अध्यक्षको सहमति, समझदारीबाट यसरी जाऔं भनेर गरिएको छ। देशभर यो कार्यक्रम गरिएको छ’, अध्यक्ष दाहालले ओलीको बचाउ गर्दै भने।

दाहालले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवसमा पार्टी एकता र तत्कालीन माओवादीले सशस्त्र विद्रोह थालेको दिनमा सहिदको सम्मान र सम्झना गर्ने काम पार्टी जीवनको ऐतिहासिक परिघटना भएको अथ्र्याए। उनले अहिले वर्चश्व कायम गरेका सबै पार्टीको पृष्ठभूमि हतियार उठाएकै रहेको भन्दै अब भने शान्तिपूर्ण जनमतबाट लोकप्रिय हुने बाटोमा पुगेको टिप्पणी गरे। ‘सबैजसो वर्चस्व भएको पार्टीले विगतमा एकपटक हतियार उठाएका छन्। वलिदान गरेका छन्। अहिले फेरि तिनै पार्टीहरू सबै शान्तिपूर्ण रूपमा जनताको मतद्वारा लोकप्रिय भएको र वर्चस्व कायम गरेकाहरू नै छन्’, दाहालले भने।

उनले पार्टी एकता एक दुई दिनभित्रै टुंगो लागेर देशव्यापी नयाँ अभियान सञ्चालन गर्ने बताए। नेकपाले केन्द्रीय निर्देशनकै आधारमा फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्झना’ का रूपमा विविध कार्यक्रम गरी मनाएको थियो।

बुधबार पार्टी कार्यालयमा कार्यक्रम गर्नुअघि पेरिसडाँडास्थित कार्यालयको सहिद स्तम्भमा माल्यार्पण गर्न तत्कालीन माओवादी धारका नेता पुगेका थिए। दिउँसो प्रज्ञा डवलीमा उनीहरूले सांस्कृतिक कार्यक्रम गरे भने साँझ दिप प्रज्ज्वलन समेत गरेका थिए। तत्कालीन माओवादीले २०५२ फागुन १ गते नेपालमा दीर्घकालीन जनयुद्ध गर्ने उद्घोषसहित हतियारवद्ध संर्घष गरेको थियो। यो २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतापछि टुंगिएको थियो। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।