२० असार २०८३, शनिबार
,
Latest
बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छः सभापति देउवा



तस्बिरः गोपाल दाहाल/रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र काँग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताउनु भयो । सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउावले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो । काँग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो । यसमा अन्यमा दलहरु समेत समाहित छन् । सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मेले विश्वास गरेको छु । मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो । सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ । र अगामि दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’

सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उहाँले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताउनु भयो । —