३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 2.06

Humidity: 49

Latest
बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी झापा र पोखराले अंक बाँडे शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल रास्वपाका नेत्री राई एमालेमा प्रवेश देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन:… चीनको चमत्कारः विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इज्जतसँग बाँच्न चाहन्छन् बादी समुदाय



अ+ अ-

नेपालगञ्ज । देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ ।

विगतमा समाजबाट हेपिएका सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ । यो समुदायले देहव्यापार अहिले चटक्कै छोडिसकेको पाइन्छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ का महिला सदस्य मञ्जु नेपाली बादीको भनाइ छ, “अरु समुदाय जस्तै बादीहरु पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण अब सकारात्मक बन्नुपर्छ ।” सो समुदायका महिलाहरु व्यक्तिगत तथा समूहगत रुपमा सानादेखि ठूला स्वरोजगार व्यवसायमा संलग्न भएको पाइन्छ ।

“विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो । अहिले हाम्रो समुदाय इज्जतदार पेशा गरेर जीवन निर्वाहमा जुटेका छन्”, नाम प्रकाशित नगर्ने शर्तमा नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाको भनाइ थियो ।

विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय र लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालीम लिएका त्यस समुदायका सयौा महिलाहरु नेपालगञ्जमा व्यवसायमूलक पेशामा संलग्न भएका छन् । समाजले पनि अहिले उनीहरुलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।

यो समुदायका महिला मात्र होइन, पुरुषहरु पनि रोजगारमूलक काममा लागेका छन्, धेरैजसो कामका लागि विदेशिएका छन् । सीप सिक्दै रोजगार र स्वरोजगारको काममा उनीहरुको पनि सङ्लग्नता बढ्दै गएको छ ।

बाँके मात्र होइन प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिलाहरु इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगार लगायतका इलममा संलग्न छन् ।

नेपालगञ्जको विशेषतः गगनगञ्जको भगवान् तलाउ क्षेत्रमा बसोबास गर्ने बादी समुदायका सबै घरपरिवारका सदस्यहरु कुनै न कुनै इलममा संलग्न भएको पाइन्छ । उनीहरुका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।

बाँके जिल्लाको अगैया, कोहलपुर क्षेत्रमा पनि बादी समुदायका महिलाहरु स्वरोजगार व्यवसायमा लागेका छन् । त्यस क्षेत्रका बादी महिलाहरुले होटल, खुद्रा पसल र कृषि पेशा अङ्गालेको पाइन्छ ।

“नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका बादी समुदायका लागि छुट्टै कार्यक्रम योजनामा नपारेकोमा दुःख लागेको छ, दलित समुदायका लागि योजनामा परेको सामाजिक विकास कार्यक्रममा बादी समुदायलाई समेट्न भने पनि त्यो सम्भव छैन”, महिला सदस्य मञ्जुको भनाइ छ ।