७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रधानमन्त्री ओलीको एकवर्षे कार्यकाल : यस्ता छन् दाबी

प्रधानमन्त्री ओलीको एकवर्षे कार्यकाल : यस्ता छन् दाबी
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकवर्षे कार्यकालमा सरकारले आर्थिक समृद्धिको आधार खडा गरेको दाबी गरेका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अहिलेसम्म गरेका कामले आर्थिक समृद्धिको यात्राको आधार खडा भएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रीहरू, मुख्यसचिव, सरकारका उच्च अधिकारीको उपस्थितिमा करिब एक घन्टा सम्बोधन गरेका प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्न विगतदेखिका सूचकांक प्रस्तुत गर्दै केही नयाँ कामका सूची पनि पेस गरे ।

कर्मचारी समायोजन

प्रधानमन्त्रीले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ६ सय ८५ र स्थानीय तहमा ६६ हजार ७ सय ६६ सहित १ लाख ३७ हजार ३ सय ७१ कर्मचारी दरबन्दी कायम गरेर कर्मचारी समायोजनको अधिकांश काम पूरा गरेको दाबी गरेका छन् ।

लगानीमैत्री वातावरण सिर्जना

श्रम कानुनमा परिमार्जनसहित लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक विभिन्न १३ ऐन–नियम, निर्देशिका निर्माण, परिमार्जनको प्रक्रिया अघि बढाइएको दाबी छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिएको, प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठनलाई उपलब्धिका रूपमा वक्तव्यमा उनले उल्लेख गरे ।

ऊर्जामा दूरगामी निर्णय

ऊर्जाको क्षेत्रमा ऊर्जा बैंकिङलगायत दूरगामी प्रभाव पार्ने निर्णय र सम्झौता भएको दाबी गरेका छन् । करिब ३ लाख विद्युत् उपभोग गर्ने ग्राहक थपिएको र प्रतिव्यक्ति विद्युत् खपत १७७ किलोवाट घन्टाबाट बढेर २०० किलोवाट घन्टा पुगेको दाबी गरेका छन् । माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको काम अन्तिम चरणतर्फ पुगेको, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको तथा भेरी–बबई डाइभर्सन आयोजनाको यस एक वर्षमा ८ किलोमिटर सुरुङ निर्माण भएको बताए ।

४९७ किमि नयाँ सडक निर्माण

यस वर्ष मात्रै ४९७ किलोमिटर नयाँ सडक निर्माण भएको, ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति सम्पन्न भएकोमा २२१ किमि कालोपत्रे गरिएको दाबी छ । तुइन विस्थापन अभियान अन्तिम चरणमा पुगेको बताए ।

उद्योगमा २ खर्ब ४९ अर्बको लगानी प्रस्ताव

दर्ता भएका ४ सय ९९ नयाँ नेपाली उद्योगले १ खर्ब ९८ अर्ब तथा ४ सय १६ विदेशी उद्योगले ५१ अर्ब ८३ करोडसहित कुल २ खर्ब ४९ अर्ब ८३ करोड लगानीको प्रस्ताव गरेको प्रधानमन्त्रीको दाबी छ ।

सुक्खा बन्दरगाह र जनतालाई विद्युत्को सेयरधनी कार्यक्रम

प्रधानमन्त्रीले बिहीबार उद्घाटन गरेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममार्फत जनतालाई विद्युत्को सेयरधनी बनाउने योजना तथा गत महिना चोभारमा सुक्खा बन्दरगाह शिलान्यासलाई पनि उपलब्धिका रूपमा अथ्र्याएका छन् ।

टिकट काटेर जहाज चढ्न मै खबर गर्छु

प्रधानमन्त्रीले टिकट काटेर पानीजहाज चढ्ने दिन आउने र आफैँले खबर गर्ने दाबी गरेका छन् । पानीजहाज र रेल योजनाको आलोचना गर्नेलाई व्यंग्य गर्दै भने, ‘हवाईजहाजले यस धर्तीलाई परिक्रमा गरेकोगर्या छ । समुद्रमा जहाज कुदेकोकुदै छ, नदीहरूको बाटो हुँदै तिनीहरूले फन्को मारी नै रहेका छन् । हामी पनि चलाऊँ भन्दा सपना मात्रै किन ठानिन्छ ? के यी हाम्रा योजना, नारायणगोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘ त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भनेजस्तो हो र ?’

मैले सत्ता सम्हालेपछि के–के नकाम भए ?

प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेपछि कुनै नराम्रो काम गरेको भए छातीमा हात राखेर सत्य बताउन जनतालाई भनेका छन् । ‘छातीमा हात राखेर आफैँलाई सोध्नुस्, पहिलेका तुलनामा तपाईंले चुन्नुभएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरूको जीवन कष्टकर हुने नकाम के–के भए ?’ उनले प्रश्न गरे ।

भ्रष्टाचार नियन्त्रणमा कठोर बनेको दाबी

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर बनेको दाबी पुष्टि गर्न प्रधानमन्त्रीले केही तथ्यांक प्रस्तुत गरे । राजस्व चुहावटका ४९ र विदेशी विनिमय अपचलनका ३३ गरी ८२ मुद्दामा ८ सरकारी कर्मचारीसहित ९९ व्यक्तिमाथि मुद्दा दायर गरेको बताए । उनीहरूसँग ७ अर्ब ६२ करोड ८२ लाख ५२ हजार रकम बिगो र जरिवाना मागसहित मुद्दा चलाएको दाबी छ । त्यस्तै, अवैध हुन्डी कारोबारमा संलग्न ३३ जनालाई ५ अर्ब ९१ करोड ६ लाख ९६ हजार बिगो कायम गरी त्यसको तेब्बर जरिवाना र ३ वर्षसम्मको कैद मागदाबीसहित मुद्दा दायर गरिएको जनाए । अवैध सुन तस्करीको भयावह आपराधिक मनोवृत्ति र अपराधको शृंखलामा संलग्न अपराधीहरूको संगठित सञ्जाल ध्वस्त पार्ने कार्यले ठूलो सफलता पाएको बताए ।

‘मैले घोषणा गरेको छु– म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ,’ प्रधानमन्त्रीले भने, ‘कसैले यसलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दै छ । बुझे हुन्छ– भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन ।’

आर्थिक वर्षसम्म ७ प्रतिशत आर्थिक वृद्धिदर

चालू आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत रहेको र अन्त्यसम्म ७ प्रतिशतभन्दा माथि हुने प्रधानमन्त्रीको दाबी छ । आर्थिक वर्षको ६ महिनामा औसत महँगी ४.२ प्रतिशतमा सीमित रहेको तथ्यांक पनि प्रस्तुत गरे । यस्तै, पर्यटक आगमन ३२.५ प्रतिशतले बढेको उनको भनाइ छ । बाघको संख्यामा वृद्धि भएपछि संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल भएको बताए ।

श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरिएको, सामाजिक सुरक्षाका कार्यक्रम सुरु भएपछि रोजगारदाताका ९ सय ५० प्रतिष्ठान दर्ता भएको, श्रमिकअनुकूल औद्योगिक वातावरण निर्माण हुँदै गएकाले बन्द–हडतालको स्थिति अन्त्य भएको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री रोजगारको विरोध गर्ने परिश्रमविनाको पारिश्रमिक पाउने झुन्ड

प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटनलाई उपलब्धिका रूपमा अथ्र्याउँदै उनले काम गर्छु भन्नेलाई सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराउने कार्यक्रम सुरु गरेर ७ विधामा ३ लाखदेखि ५ करोडसम्म ऋण प्रवाह सुरु गरेको बताए । रोजगार कार्यक्रमको विरोध गर्नेलाई प्रधानमन्त्रीले भने, ‘फेरि पनि केही हल्ला त रहिरहनेछ । यस्तो हल्ला गर्नेहरू रोजगारविनाको रोजगारी र पारिश्रमविनाको पारिश्रमिक पाउने झुन्ड मात्रै हुन् ।’

समयमै पाठ्यपुस्तक, १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय

विद्यार्थी भर्ना अभियान उत्साहजनक रहेको दाबी गर्दै उनले देशभरका १ सय २० स्थानीय तहले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गरेको बताए । १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भइसकेको तथ्यांक पेस गरे । गत वर्षजस्तै नयाँ शैक्षिक सत्रअगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसक्ने घोषणा पनि गरे ।

यस्तै, सबै स्थानीय तहसम्म ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तारका क्रममा अहिलेसम्म १ हजार ३ सय ७१ वटा वडा कार्यालय, १ हजार ४ सय ६० वटा सामुदायिक माध्यमिक विद्यालय र १ हजार ६३ वटा स्वास्थ्य केन्द्रमा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट सेवा जडान गरिएको उल्लेख गरे ।