१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’

प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पलहरु तथा उहाँले दिनुभएको शिक्षा दिक्षा झलझली याद आइरहेको छ । उहाँलाई आफ्ना गुरुको निधनले  मर्माहत बनाएको छ ।

“मेरा गुरु निष्कलङ्क छवि, असल चरित्र, निष्ठावान, नैतिक धरातलमा रहने, सक्षम र अध्ययनशील हुनुहुन्थ्यो । उहाँका तीन पाटा छन्, पत्रकार, कानुन व्यवसायी र सभामुख”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “उहाँसँग जुनसुकै विषयमा पनि ज्ञान थियो ।” वरिष्ठ अधिवक्तासमेत रहनुभएका पूर्वसभामुख ढुङ्गाना असाध्यै अध्ययन गर्ने कानुन व्यवसायी भएको उहाँको भनाइ छ ।

“अध्ययन धेरै गर्नुहुन्थ्यो, काठमाडौँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका पढ्नुहुन्थ्यो”, प्रधानन्यायाधीश राउतले विगत स्मरण गर्दै भन्नुभयो, “बिहान निस्किने पत्रिका मात्र होइन्, सन्ध्याकालीन पत्रिका पनि किनेर पढनुहुन्थ्यो ।”

पूर्वसभामुख ढुङ्गानालाई दर्शन, साहित्य, स्वाथ्य, शिक्षालगायत विषयमा ज्ञान थियो । उहाँले जहिले पनि देशको हितका विषयमा मात्र कुरा गर्नेगरेको प्रधानन्यायाधीश राउत बताउनुहुन्छ । “म दमननाथ गुरुको शिष्य हुँ, उहाँले मलाई कानुन व्यवसाय सिकाउनु भएको हो, कहिले पनि उहाँले आफ्नो स्वार्थका लागि काम गर्नु भएन”, उहाँले भन्नुभयो, “संसदीय अभ्यासमा ढुङ्गानाको ठूलो योगदान छ, संसद्मा रुलिङ गर्नुपर्छ भनेर पहिला नै संसदीय अभ्यासको सम्पूर्ण विषयमा पढेर जानकारी लिनुुहुन्थ्यो, एकदमै दक्ष, प्रस्तुति र लेखनमा निपूर्ण हुनुहुन्थ्यो, वकालत सँगसगै विभिन्न पत्रिकामा आफ्ना विचार लेख्नुहुन्थ्यो ।”

प्रधानन्यायाधीश राउतको पूर्वसभामुख ढुङ्गानासँग २०३९ फागुनमा भेट भएको थियो । “कानुन पढ्दै गर्दा भेट भएको हो । ढुङ्गानाको ‘ल फर्म’ पुतलीसडकमा थियो । त्यही बेला वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग भेट भएको थियो”,  प्रधानन्यायाधीश राउतलाई अहिले पनि सम्झना छ ।

पूर्वसभामुख ढुङ्गाना नेपाली मात्र होइन, विदेशका पत्रपत्रिका पनि राम्रैसँग अध्ययन गर्नुहुन्थ्यो । उहाँलाई बाटोमा हिँड्दा धेरैले सम्मान गर्ने गरेको  प्रधानन्यायाधीश राउतको स्मृतिमा ताजै छ । “वकिल हुँदा उहाँसँग हिँड्दा धेरैले सम्मान गर्थे, बाटोमा हिँड्दा परैबाट आएर पनि नमस्कार गर्ने गर्थे”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “उहाँ असाध्यै निष्ठाको मान्छे हो । उहाँबाट सिक्नलायक विषय धेरै थिए, जुनसुकै विषयमा अब्बल, हरेक समस्याको समाधान गर्न सक्ने हुनुहुथ्यो ।” त्यो बेला ढुङ्गानाले भाषण गरेपछि कार्यपत्र खोज्न वकिल धेरै दिनसम्म नेपाल बार एसोसिएशन वरिपरि घुम्ने गरेका उहाँ सुनाउनुहुन्छ ।  आफ्नो गुरुको बौद्धिकता र सरल व्यक्तित्व अहिले पनि प्रधानन्यायाधीश राउतको स्मृतिमा झलझली आउँछ ।

“वकिल हुँदा दमन ढुङ्गाना मात्रै भनिन्थ्यो, सभामुख भए पछि मात्र दमननाथ भनेर लेख्न थालियो”, उहाँले विगत सम्झिदै भन्नुभयो, “सभामुख हुँदा पनि उहाँले राज्यबाट केही सुविधा लिनु भएन, मानिस स्वाभिमानी हुनुहुपर्छ भन्नुहुन्थ्यो, शक्ति र सत्ताको पछि उहाँ कहिलै लाग्नुभएन ।”

सभामुख हुँदा पनि ढुङ्गानाले राज्यबाट पाउने सुविधा नलिएर आफ्नै सवारीसाधनमा आउने जाने गर्नुहुन्थ्यो । उहाँको नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा राम्रो दक्षता थियो । “भर्खर प्रजातान्त्र आएको बेलामा ‘सरकार बहुमतको हुन्छ’ र  ‘संसद् भनेको प्रतिपक्षको हो’ भनेर उहाँले स्थापित गर्नुभयो”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “ढुङ्गानालाई २०५२ सालमा अमेरिका, बेलायत र भारतमध्ये एक ठाउँमा छानेर राजदूत बन्नुस भनेर तत्कालीन कानुनमन्त्रीको प्रस्ताव मैले सुनाएको थिएँ, कानुनमन्त्रीले सिधैँ उहाँलाई भन्ने आँट गर्नुभएन, मैले नै उक्त प्रस्ताव राखे । उहाँ पहिलो पटक मसँग रिसाउनुभयो, म जागिर खान जाने होइन, राज्यको सेवा गर्न जन्मिएका हो भन्नुभयो”, उतिबेलाको प्रसङरग सम्झिँदै प्रधानन्यायाधीश राउतले भन्नुभयो ।

प्रधानन्यायाधीश राउतले आफ्ना गुरु ढुङ्गानाबाटै कानुनका विषयमा पढ्न, लेख्न र बोल्न सिक्नुभयो । “गुरुको पथमा हिँडेर नै आज म यस ठाउँसम्म आइपुगेको हुँ, मलाई उहाँले नै शिक्षित र दीक्षित गर्नुभएको हो”, उहाँले भन्नुभयो, “न्यायालयको परिर्वतन गर्न सल्लाह दिनुभएको थियो, केही राम्रो गरोस भन्ने चाहाना राख्नुभएको थियो ।”

न्यायपालिकाको सुधारमा लाग्नु भनेर प्रोत्साहन गर्नुहुने गुरुले आफ्नो शिष्य प्रधानन्यायाधीश बनेको हेर्न पाउनुभयो । तर सम्पूर्ण काम भने हेर्न पाउनुभएन । “म ४४ वर्षदेखि गुरुको छत्रछायामा थिए, सधँै मलाई सम्झनुहुन्थ्यो, खोजिरहनुहुन्थ्यो, न्यायालयको सुधारमा ध्यान दिनुस् भन्नुहुन्थ्योे”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “गत शनिबार घरमै भेटेर आएको थिएँ, गुरु–शिष्यको त्यही नै अन्तिम भेट रहेछ ।”