३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहमा नाचगानमा रमाउँदै गरेकी किशोरीलाई उखुबारीमा लगेर जलाइयो



अ+ अ-

जनकपुर । उत्तरीपूर्वी धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मगरटोलमा बिहीवार ११ वर्षीया रेश्मा रसाइली जलाएर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।


धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मगरटोलवासीहरु खेतमा काम गर्न जाने क्रममा गाउँ नजिककै उखुवारीमा किशोरीको आधा जलेको शव देखे पछि प्रहरीलाई सूचना दिएका थिए ।

बुधवार राती गाउँमै भएको विवाहमा स्थानीयले रेश्मालाई विवाहमा नाचगानमा रमाउँदै गरेको देखेका थिए। विवाहस्थलबाटै कसैले किशोरीलाई ललाईफकाई वा जर्बजस्ती उखुबारीतर्फ लगेको हुनसक्ने आशंका छ।