७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सरकारको एक वर्ष : सङ्घीयता कार्यन्वयनमा सफलता, सुशासनमा प्रगति उस्तै

सरकारको एक वर्ष : सङ्घीयता कार्यन्वयनमा सफलता,  सुशासनमा प्रगति उस्तै
अ+ अ-

काठमाडौँ । संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन् ।

संविधान जारी भएपछिको दुई वर्षमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएर मुलुकमा सङ्घमा २२ जनाको मन्त्रालय सात प्रदेशमा सात/सातका दरले सरकार र ७५३ स्थानीय तहमा स्थानीय सरकार अहिले क्रियाशील रहेको छ ।

सङ्घीयता कार्यन्वयनका लागि मुलुकमा तीन तहमा राजनीतिक पुनःसंरचना टुङग्याएर निर्वाचन भए पनि प्रशासनिक संरचना बाँकी नै रहेको थियो । गतवर्ष मङ्सिर १० र २१ गते दुई चरणमा सम्पन्न सङ्घको निर्वाचनपछि बहुमत प्राप्त नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेपछि २०७४ फागुन ३ गते आजैका दिन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति हुनुभएको थियो ।

वर्तमान सरकारले संविधानको भावनाअनुुसार तीनै तहको राजनीतिक पुनःसंरचना गर्दै प्रशासनिक पुनःसंरचना गरेर मुलुकलाई सङ्घीयता कार्यन्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । ‘सिंहदरवारको अधिकार गाउँगाउँसम्म’ पु¥याउने भनेर लागू गरिएको सङ्घीयता प्रशासनिक संरचना नभएर जनताका अधिकार सिंहदरवारमा रहेका थिए ।

संवैधानिका व्यवस्थाअनुसार संविधानका अनुसूचीमा रहेका अधिकार सङ्घ, प्रदेश र स्थानीय तहलाई बजेट, कार्यविधि र प्रशासनिक कार्यको अधिकार सुम्पिदै सिंहदरबारको अधिकार गाउँगाउँसम्म पु¥याएको छ ।

सातवटै प्रदेश सरकार गठन हुनु र राजधानी स्थापना गर्नु सरकारको सङ्घीयता कार्यन्वयन गर्नु मुख्य उपलब्धि मानिन्छन् । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा रहने निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मुलुकलाई सङ्घीयता कार्यन्वयन तर्फ लगेको थियो ।

सरकारले तिनै तहको प्रशासनिक सङ्गठन तथा दरबन्दी स्वीकृत गर्दै सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम गरेको छ । मुलुकमा प्रशासनिक सङ्घीय संरचनाको स्पष्ट खाका ल्याएको थियो ।

दरबन्दीअनुसार नै सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याई सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गरेको छ । सरकारले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म आफूले चाहेको तहमा जानका लागि कर्मचारीलाई अनलाइन फाराम भराएको थियो । अनलाइन फाराम भरेको आधारमा कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ ।

करीब ८५ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका छन् । पहिलो चरणमा सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत हँुदै तल्लो तहसम्म सरकारले कर्मचारी समायोजन गर्न सफल भएको छ । मुलुकमा तीन तहमा नै कर्मचारी समायोजनले सङ्घीयता कार्यन्वयनमा थप बल पुगेको छ ।

मुलुकमा तीन तहको सरकार बनेपनि कर्मचारी समायोजन नहुँदा जनताको काम कारवाहीमा समस्या भएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले मुलुकमा कर्मचारीको समायोजन गरेर सङ्घीयता कार्यन्वयन सफलता प्राप्त गरिएको बताउनुभयो ।

‘‘यसअघि मुलुकमा राजनीतिक पुनःसंरचना गरेर तीन तह कायम गरिएको थियो’’ उहाँले भन्नुभयो, ‘‘तर तिनै तहमा कर्मचारी समायोजन नहँुदा सङ्घीयता कार्यान्वयन भएको थिएन । अब चाहीँ हामीले तीनै तहमा जनतालाई सेवा दिने कर्मचारीको समायोजन गरेका छौ ।’’

उहाँले सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण काम प्रशासनिक संरचना गरेर मुलुकमा सङ्घीयता पूर्णरुपमा कार्यन्वयन गरिएको जानकारी गराउनुभयो । सहसचिव अधिकारीले प्रशासनिक पुनःसंरचना गदै तथा प्रदेश र स्थानीय तहमा आवश्यक सबै कानून निर्माण गरेर मुलुकमा पूर्ण रुपमा सङ्घीयता कार्यान्वयन गरिएको बताउनुभयो ।

सरकार गठनसँगै शुरुमा प्रदेश र स्थानीय तहमा संविधानले प्रत्योजित गरेका अधिकार नदिए पनि तर अहिले सरकारले विभिन्न कानून बनाएर पठाएसँगै जनताका काम प्रदेश र स्थानीय तहबाट हुने भएका छन् ।
आफ्ना अधिकार प्रदेश र स्थानीय सरकारले पाएसँगै सङ्घीयता भएको अनुभूति हुन थालेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालनका लागि ५१ वटा नमूना कानून बनाएर पठाएको छ । ती नमूना कानून स्थानीय तहले पाएसँगै जनताको अधिकार घरघरमा पु¥याउन स्थानीय तह सफल हुनेछन् ।

प्रदेश र स्थानीय तहलाई सङ्घीयतामा मान्यताअनुसार सवल र सक्षम बनाउन र तिनिहरुका बीचमा हुने कार्यगत पक्षलाई समन्वय गरी एक रुपता कायम गर्न प्रदेश तहका लागि १७ र स्थानीय तहका लागि आवश्यक २१ वटा कार्यविधि÷मार्गनिर्देशन÷निर्देशिकाको नमूना तयार गरी पठाइएको छ ।

यसैगरी सङ्घमा २२ मन्त्रालय, १२ संवैधानिक निकाय, ५४ विभाग र विभागस्तरका कार्यालय, अन्य चार आयोग/सचिवालयसहित एक हजार ८१ कार्यालय कायम गरिएको छ । प्रदेश सरकार सञ्चालनका लागि प्रत्येक प्रदेशमा सात÷सातका दरले४९ मन्त्रालय, एक/एक प्रदेशसभा सचिवालय, एक/एक प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत निर्देशनालय, ६३ वटा निर्देशनालय, ७१७ डिभिजन र कार्यालय कायम गरिएको छ ।

स्थानीय तहलाई १० प्रकारमा वर्गिकरण गरी ७५३ को सङ्गठन संरचना स्वीकृत गरिएको छ । यसैगरी मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई जनतालाई कसरी सेवा प्रदानका गर्न भनेर जनप्रतिनिधिलाई विभिन्न प्रशिक्षण समेत दिने गरेको छ ।

स्थानीय तहको काम, कर्तव्य र अधिकारको जानकारी गराउँदै जनप्रतिनिधिलाई कानूनी व्यवस्था, सुशासन, सार्वजनिक खरीद, योजना तर्जुमा, लैङगिक विकास, राजश्व सुधारलगायत विषयमा प्रशिक्षण दिएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी गराउनुभयो ।

मन्त्रालयले ७५३ वटै स्थानीय तहको बेवसाइट सञ्चालनमा ल्याएको छ । बेवसाइट स्थापना गरी अनलाइन प्रणालीलाई व्यवस्थित बनाएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो । बेवसाइट सञ्चालनका लागि सूचना प्रविधि अधिकृतको व्यवस्था गरिएको छ ।

मन्त्रालयले स्थानीय तहका वडा कार्यालयलाई ‘आधारभूत सेवा केन्द्र’को रुपमा विकास गरेको छ । उक्त केन्द्रमार्फत जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिस, कृषि मल बीउ, प्राथमिक स्वास्थ्य सेवा सञ्चालन, मालपोत एवं सम्पत्ति कर सङ्कलन हुने छ ।

पूर्व मुख्यसचिव विमल कोइरालाले एक वर्षमा सरकारले तुलनात्मक रुपमा नीतिगत सुधार गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले पुरानो कामलाई मात्र निरन्तरता दिएको भन्दै सुशासनका क्षेत्रमा नयाँ काम गर्न नसकेको बताउनुभयो ।

‘‘दुई तिहाइ सरकारसँग जनताका अपेक्षा धेरै थिए’’ उहाँले भन्नुभयो,‘‘तर त्यो अपेक्षा सरकारले केही हद पूरा गरेपनि सबै गर्न सकेन ।’’ घोषणापत्रमा उल्लेख गरिएका एक वर्षमा गर्न सक्ने कामपनि सरकारले गर्न नसकेको उहाँले बताउनुभयो ।

मन्त्रालय मानव विकासको सूचकाङ्कमा पछाडि परेका तराई र मधेशका २१ वटा जिल्लामा विकास गर्नका लागि छुट्टै ‘तराई–मधेश समृद्धि’ कार्यक्रम सञ्चालन गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व), नवलपरासी ( वर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, वर्दिया, कैलाली र कन्चनपुर रहेका छन् ।

सुशासनमा प्रगति उस्तै

सरकारले सङ्घीयता कार्यन्वयनमा उपलब्धि हासिल गरे पनि सुशासनमा भने प्रगति हासिल गर्न सकेन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुशासनका दृष्टिले मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो

मुलुक ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गतवर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेको छ । गतवर्ष ३१ अङ्क ल्याएर १२२ औँ स्थानमा थियो । मुलुकमा तीनै तहको निर्वाचन भएपनि राजनीतिक र कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारले मुलुकलाई सुशासनमा सुधारोन्मुख हुन नसकेको हो ।