कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा खाल्डोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुुसार घरको पर्खाल बनाउन जग खनिरहेको बेला त्यहीँ जोडिएको पुरानो सेफ्टी ट्याङ्कीको खाल्डोमा पर्न गई ढिस्कोले पुरिँदा जोशीको मृत्यु भएको हो ।
अचानक ढिस्कोले पुरिएर घाइते भएका जोशीलाई तुरुन्तै उद्धार गरी अस्पताल पु¥याइएकोमा निजको अस्पतालमै मृत्यु भएको प्रनाउ सिंहले बताउनुुभयो । रासस










