१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ
तस्बिर : रोयटर्स
अ अ+ अ-

तेहरान। इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र आक्रमणलाई रोक्नका लागि बनाइएको बताएको छ । तेहरानकोे शस्त्रागारको अस्तित्व बहसको विषय नभएको र यो सम्झौतायोग्य नहुने बताएको छ।

इजरायलले इरानको ‘ब्यालेस्टिक मिसाइल’ र उसको परमाणु कार्यक्रमलाई जुन महिनामा लडेको १२ दिने युद्धका क्रममा निष्प्रभावी पार्न खोजेको दुई मुख्य खतराको रूपमा प्रस्तुत गरेको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “इरानको क्षेप्यास्त्र कार्यक्रम वार्ताका लागि नभई इरानको भूमिको रक्षाका लागि विकास गरिएको हो, तसर्थ, इरानको रक्षा क्षमता शत्रुहरूलाई इरानमाथि आक्रमण गर्ने कुनै पनि विचारबाट रोक्न बनाइएकोे हो, यो वार्ता गर्नुपर्ने विषय होइन ।”

इरानको ब्यालिस्टिक क्षमताले इजरायललाई आक्रमणको दूरीमा पुर्यायो, र जूनमा इजरायलको अभूतपूर्व आक्रमणपछि तेहरानले इजरायलका शहरहरूमा मिसाइल र ड्रोनद्वारा आक्रमण गरेको थियो ।

अमेरिकी प्रसारक एनबीसीका अनुसार युद्धपछि इरानले आफ्नो क्षेप्यास्त्र उत्पादनको पुनर्निर्माण र विस्तार गर्न खोजेको भन्दै इजरायलले चिन्ता व्यक्त गरेको छ ।

यसै महिनाको अन्त्यतिर हुने भनिएको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि नयाँ सैन्य कारबाहीमा सहयोग गर्न सक्ने विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको एनबीसीले जनाएको छ ।

हालैको युद्धको क्रममा इजरायलले सैन्य स्थलहरू, आणविक सुविधाहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो जसमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

इजरायलले आफ्नो भूमिमा ५० भन्दा बढी इरानी क्षेप्यास्त्र आक्रमण भएको र यसबाट २८ जनाको मृत्यु भएको बताएको थियो ।

अमेरिकाले युद्धविरामको घोषणा गर्नुअघि इरानको आणविक केन्द्रमा केही समयका लागि आफ्नो सहयोगी इजरायलसँग मिलेर आक्रमण गरेको थियो।

इरानले कुनै समय अमेरिकाबाट धेरै हतियार खरिद गरेको थियो तर सन् १९७९ को इस्लामिक क्रान्तिपछि कूटनीतिक सम्बन्ध टुटेपछि उसले आफ्नै घरेलु हतियार उद्योग विकास गरेको छ।(रासस/एएफपी)