६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज रु १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गर्नुभएको हो ।

नेता जोशीका आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेता जोशीले आर्थिक अभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उक्त कोष स्थापना गरिएको जानकारी दिनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति डा सुवोध अधिकारीले काङ्ग्रेस नेता जोशीले गरीब तथा असहायको उपचारका लागि गरेको सहयोग उदाहरणीय रहेको बताउनुभयो ।

न्याम्सका रजिष्ट्रार डा विश्वराज जोशी उपचारका लागि आउने असहाय बिरामीलाई यस कोषबाट उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा बस्नेतले अक्षयकोषको सदुपयोग गर्ने र आगामी दिनमा यस्ता कोषलाई थप गर्दै लैजाने बताउनुभयो ।

गजेन्द्रराज जोशी जिउँदो हुँदा नै शिक्षा क्षेत्रको विकासका लागि पर्सामा नेपाल राष्ट्रिय गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालय स्थापना गरिएको उहाँका छोरा राजुराज जोशीले जानकारी दिनुभयो । गजेन्द्रराज जोशीको गतवर्ष माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।