२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको ४८ वर्ष : ११ महाधिवेशन, १८ सभापति



अ+ अ-

काठमाडौं । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ ।

कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए ।

विपि कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । जसमा ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् ।

१८ सभापतिमध्ये एक मात्र सभापतिले समयमै अर्थात् निर्वाचित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् ।

पार्टी फुट्नुअघि ०५७ सालमा आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरे । तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेनन् ।

बरु, प्रभावशाली नेता उत्पादन गरेको, पार्टी गणतन्त्रमा जान खुट्टा कमाउँदै गर्दा गणतन्त्रको बिगुल फुकिसकेको, शैक्षिक मुद्दा उठाउने, जनजीविकका सवालका विषय उठाउने नेविसंघ नेताहरूको गुटगत राजनीतिको सिकारले ग्रस्त हुँदै आएको छ ।

निर्वाचित सभापतिले महाधिवेशन गर्न नसक्ने, तर तदर्थ समितिलाई महाधिवेशन गराउन सहयोग गर्ने पार्टीको नीतिले पनि नेविसंघ गुटगत राजनीतिले ग्रस्त भएको देखाउँछ ।

०२७ सालमा विपिन कोइराला सभापति भएको दुई वर्ष नपुग्दै ०२८ सालमा शेरबहादुर देउवा नेविसंघको सर्वसम्मत रूपमा सभापति भए ।

पञ्चायती व्यवस्थाको मध्य समयको अप्ठ्यारो राजनीतिक अवस्थामा दोस्रो महाधिवेशन गराउन देउवालाई नौ वर्ष लाग्यो । देउवा जेल परेकाले बलबहादुर केसी कार्यबाहक सभापति बनाइएका थिए । ०३६ सालमा देउवा नेतृत्वले तेस्रो महाविधेशन गराउँदा विमलेन्द्र निधि सभापतिमा चुनिए ।