१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीजहाजमा कर्मचारी छैनन्



अ+ अ-

काठमाडौँ । कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।

तर, त्यसअनुरुप नभएपछि उहाँको अभिव्यक्तिको तीव्र आलोचना हुन थाल्यो । ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्नेको लर्को सामाजिक सञ्जालमा बेस्सरी देखियो ।

यसैलाई चिर्न सरकारले हतार गरेर एकान्तकुनामा रहेको काठमाडौँ रिङरोड योजनाको कार्यालयमा फागुन २ गते प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटन गर्नुभयो तर कार्यालयलाई चाहिने कर्मचारी भने अझै पूरा गर्न सकेको छैन ।

सरकारले उक्त पानीजहाज कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको छ ।