• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने

ब्याजदर निर्धारणमा सरकारले हस्तक्षेप नगर्ने



काठमाडौं। बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने भएको छ । व्यवसायीले कर्जाको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेका थिए ।

तर, अर्थमन्त्री डा। युवराज खतिवडाले राष्ट्र बैंकको सहजीकरणमा बैंकर र व्यवसायीले समस्याको समाधान खोज्नुपर्ने भन्दै प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीले निजी क्षेत्रको सुझाबअनुसार उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर घटाउन शनिबार अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री खतिवडाले सोमबार उद्योगी व्यवसायी, बैंकर, राष्ट्र बैंक र बिमा समितिका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्री खतिवडाले बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएको छलफलमा सहभागी एक उद्योगीले बताए ।

‘उद्योग पनि मर्न भएन, बैंक पनि डुब्न भएन, तपाईंहरू ९व्यवसायी र बैंकर० आफैँ समस्याको समाधान खोज्नुहोस्,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत ब्याजदर र तरलता समस्यालाई सम्बोधन गर्नेछौँ ।’

अहिले कर्जाको दर औसत १२–१३ प्रतिशत रहेको छ । केही जोखिम भएका कर्जाहरूको भने १४–१५ प्रतिशतसम्म रहेको बैंकरहरू बताउँछन् । अहिलेकै अवस्थामा ब्याजदर १०–११ प्रतिशतभन्दा तल झर्न नसक्ने नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना बताउँछन् ।

‘अधिकांश बैंकको बेसरेट थोरैले घटेको पनि छ यसर्थ ब्याजदर केही घट्न सक्छ,’ उनले भने, ‘तर, ब्याजदर घटाउन बजारमा पर्याप्त तरलता हुनुपर्छ ।’ सोमबारकै छलफलमा अर्थमन्त्री खतिवडाले पनि तत्काल एक अंकको ब्याजदर कायम हुने सम्भावना कम रहेको बताएका थिए ।